सिंहदरबार परिसर भित्र हेल्थ डेस्क सेवा पुन: सञ्चालनमा « Khabarhub

सिंहदरबार परिसर भित्र हेल्थ डेस्क सेवा पुन: सञ्चालनमा


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वीर अस्पतालले संघीय सरकारको प्रमुख केन्द्रीय प्रशासनिक निकाय सिंहदरबार परिसर भित्र हेल्थ डेस्क पुन सञ्चालनमा ल्याएको छ । सात हजार बढी कर्मचारी कार्यरत रहेको र दैनिक सयौँ सेवाग्राही छिर्ने सिंहदरबारमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने हेतुले पुन हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।

यसअघि २०७४ साल फागुन १६ गते देखि पनि त्यहाँ हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सेवा दिईंदै आएको थियो । तर कोभिड-१९ को संक्रमण देखा परेपछि र स्थान अभावको कारण देखाउँदै करिब दुई वर्ष अघि देखि त्यहाँको सेवा बन्द गरिएको थियो ।

नयाँ स्थान र नयाँ संरचनाका साथ तयार गरिएको हेल्थ डेस्कको आइतबार मुख्य सचिव शंकरदाश वैरागीले उद्घाटन गरेका थिए । उद्घाटन पछि वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्राडा भुपेन्द्रकुमार बस्नेतले मुख्य सचिव बैरागीको स्वास्थ्य जाँच गरी सेवा प्रारम्भ गरेको हेल्थ डेस्क प्रमुख दीपक मुडभरीले बताए ।

हेल्थ डेस्कमा सेवा दिनका लागि बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म वीर अस्पताल का दुई जना चिकित्सक र ३ जना स्वास्थ्यकर्मी खटिनेछन् ।

हेल्थ डेस्कको स्वास्थ्य सेवामा

हेल्थ डेस्कमा अक्सिजन सहित वेड, स्वास्थ्य परीक्षण, उच्च रक्तचाप, मधुमेह, तथा घाउहरुको उपचार तथा सफा गर्ने कामहरु हुन्छ । सो हेल्थ डेस्कमा सुविधा सम्पन्न एम्बुलेन्स पनि हुने छ र स्वास्थ्य समस्या भएकाहरुलाई स्वास्थ्य परामर्श दिदै आवश्यक औषधि समेत दिइन्छ । थप उपचार आवश्यक परेमा तुरुन्तै सरकारी अस्पतालमा रिफर गरिन्छ ।

कर्मचारीलाई तत्काल स्वास्थ्य समस्याबाट बचाउन, सामान्य स्वास्थ्य समस्या र जाँचको लागि कार्यालय छाडेर बाहिर अस्पताल जान नपरोस्, कार्यालय समयको बचत होस् पनि भन्ने उदेश्यले हेल्थ डेस्क सञ्चालनमा ल्याइएको मुख्य सचिव बैरागीले बताए । उनले हेल्थ डेस्क सञ्चालनमा आएपछि कर्मचारीका साथै सिंहदरबार भित्र आउने सेवाग्राहीले समेत आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।

हेल्थ डेक्समा आवश्यकताको आधारमा समय समयमा मुटुरोग, मधुमेह, हाडजोर्नी तथा नशा रोग, नाक कान घाटी रोग, छाला, महिला रोग लगायत विषेशज्ञ चिकित्सक सेवा पनि दिने योजना रहेको छ ।

प्रधानमन्त्री कार्यालयको निर्माणकार्य सम्पन्न भएपछि कार्यालयकै पश्चिम भाग को भुईं तल्लामा सुविधा सम्पन्न हेल्थ डेक्स र एम्बुलेन्स सहितको सेवा सञ्चालनमा ल्याइने छ ।

अहिलेको हेल्थ डेस्क प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का र्यालय भवनको पूर्वी प्रवेशद्वार संगै पहिलेको राष्ट्रिय पुर्ननिर्वारण प्राधिकरण रहेको भवनमा रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  २ : ३९ बजे

प्रतिनिधिसभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा

भदौ २३ मा जेन-जीको प्रदर्शनअघि प्रधानमन्त्री र गृहमन्त्री लेखकबीच के कुरा भएको थियो ?

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन-जी प्रदर्शनअघि प्रधानमन्त्री

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

धादिङ– धुनीवेशी नगरपालिका-८ खानीखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २

सरकार र जेन-जीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं– सर्वोच्च अदालतमा सरकार र जेन-जी पुस्ताबीच भएको १० बुँदे

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक