सिंहदरबार परिसर भित्र हेल्थ डेस्क सेवा पुन: सञ्चालनमा « Khabarhub

सिंहदरबार परिसर भित्र हेल्थ डेस्क सेवा पुन: सञ्चालनमा


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वीर अस्पतालले संघीय सरकारको प्रमुख केन्द्रीय प्रशासनिक निकाय सिंहदरबार परिसर भित्र हेल्थ डेस्क पुन सञ्चालनमा ल्याएको छ । सात हजार बढी कर्मचारी कार्यरत रहेको र दैनिक सयौँ सेवाग्राही छिर्ने सिंहदरबारमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने हेतुले पुन हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।

यसअघि २०७४ साल फागुन १६ गते देखि पनि त्यहाँ हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सेवा दिईंदै आएको थियो । तर कोभिड-१९ को संक्रमण देखा परेपछि र स्थान अभावको कारण देखाउँदै करिब दुई वर्ष अघि देखि त्यहाँको सेवा बन्द गरिएको थियो ।

नयाँ स्थान र नयाँ संरचनाका साथ तयार गरिएको हेल्थ डेस्कको आइतबार मुख्य सचिव शंकरदाश वैरागीले उद्घाटन गरेका थिए । उद्घाटन पछि वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्राडा भुपेन्द्रकुमार बस्नेतले मुख्य सचिव बैरागीको स्वास्थ्य जाँच गरी सेवा प्रारम्भ गरेको हेल्थ डेस्क प्रमुख दीपक मुडभरीले बताए ।

हेल्थ डेस्कमा सेवा दिनका लागि बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म वीर अस्पताल का दुई जना चिकित्सक र ३ जना स्वास्थ्यकर्मी खटिनेछन् ।

हेल्थ डेस्कको स्वास्थ्य सेवामा

हेल्थ डेस्कमा अक्सिजन सहित वेड, स्वास्थ्य परीक्षण, उच्च रक्तचाप, मधुमेह, तथा घाउहरुको उपचार तथा सफा गर्ने कामहरु हुन्छ । सो हेल्थ डेस्कमा सुविधा सम्पन्न एम्बुलेन्स पनि हुने छ र स्वास्थ्य समस्या भएकाहरुलाई स्वास्थ्य परामर्श दिदै आवश्यक औषधि समेत दिइन्छ । थप उपचार आवश्यक परेमा तुरुन्तै सरकारी अस्पतालमा रिफर गरिन्छ ।

कर्मचारीलाई तत्काल स्वास्थ्य समस्याबाट बचाउन, सामान्य स्वास्थ्य समस्या र जाँचको लागि कार्यालय छाडेर बाहिर अस्पताल जान नपरोस्, कार्यालय समयको बचत होस् पनि भन्ने उदेश्यले हेल्थ डेस्क सञ्चालनमा ल्याइएको मुख्य सचिव बैरागीले बताए । उनले हेल्थ डेस्क सञ्चालनमा आएपछि कर्मचारीका साथै सिंहदरबार भित्र आउने सेवाग्राहीले समेत आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।

हेल्थ डेक्समा आवश्यकताको आधारमा समय समयमा मुटुरोग, मधुमेह, हाडजोर्नी तथा नशा रोग, नाक कान घाटी रोग, छाला, महिला रोग लगायत विषेशज्ञ चिकित्सक सेवा पनि दिने योजना रहेको छ ।

प्रधानमन्त्री कार्यालयको निर्माणकार्य सम्पन्न भएपछि कार्यालयकै पश्चिम भाग को भुईं तल्लामा सुविधा सम्पन्न हेल्थ डेक्स र एम्बुलेन्स सहितको सेवा सञ्चालनमा ल्याइने छ ।

अहिलेको हेल्थ डेस्क प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का र्यालय भवनको पूर्वी प्रवेशद्वार संगै पहिलेको राष्ट्रिय पुर्ननिर्वारण प्राधिकरण रहेको भवनमा रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  २ : ३९ बजे

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको