ओलीको बाकस खाली गर्न खनाललाई नेम्वाङको चुनौती « Khabarhub

ओलीको बाकस खाली गर्न खनाललाई नेम्वाङको चुनौती


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावमा अध्यक्ष केपीशर्मा ओलीको बाकस खाली गर्न नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई चुनौती दिएका छन् ।

आइतबार इलाममा उपाध्यक्ष नेम्वाङले नेता खनालको अभिव्यक्तिको प्रतिउत्तरमा यस्तो भनेका हुन् ।

शनिबार भएको एक कार्यक्रममा नेता खनालले चुनावमा ओलीको बाकस शून्यमा मत हुनुपर्ने टिप्पणी गरेका थिए ।

यही टिप्पणीलाई लक्षित गरी नेम्वाङले खनालकै निर्वाचन क्षेत्रमा पुगेर मतपेटिका खाली गर्न चुनौती दिएका हुन् ।

उनले खनालको क्षेत्रमा एमालेमा जनसागर उर्लिएको दाबी पनि गरे ।

नेम्वाङले खनालप्रति कटाक्ष गर्दै भने, ‘इलाममा मात्र होइन, मेची महाकाली, तराई–मधेसदेखि हिमालसम्म मानिसहरूको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ । त्यो देखेर छक्क परिरहनुभएको होला हाम्रा मित्रहरू’, पार्टी अध्यक्ष ओलीलाई छेउमा राखेर नेम्वाङले भने, ‘मैलै नाम चाहिँ बिर्सें । उहिलेदेखिको साथी, झलझली अनुहार याद आउँछ । कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन ।’

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ३ : ३२ बजे

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका