ओलीको प्रश्न : निर्वाचन आयोगको काम गठबन्धनको खटपट मिलाउने हो ? | Khabarhub Khabarhub

ओलीको प्रश्न : निर्वाचन आयोगको काम गठबन्धनको खटपट मिलाउने हो ?


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको पेवा बन्न लागेको आरोप लगाएका छन् । मतपत्रमा निर्वाचन चिन्ह र मनोनयन दर्ताका लागि छुट्याइएको दुई दिनको समयले आयोग गठबन्धनको पेवा बनेको पुष्टि भएको बताए । 

मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रङ्ग हरियो मात्रै बनाउनु एमाले प्रति लक्षित गरेर आएको बताए । नेकपा एमाले इलामले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भने, ‘पुरै मतपत्र हरियो बनाउने रे ! निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा रहेर काम गर्ने होईन निष्पक्ष भएर काम गर्ने हो । अहिले निर्वाचन आयोगले चुनाव चिन्हमा रङ्ग कुन दिने भन्दा रूखको रङ दिने रे । रूख पनि हरियो पार्ने अरे, सूर्य पनि हरियो पार्ने । कस्तो अचम्मको निर्वाचन आयोग देखा पर्यो ।’ 

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको लागि छुट्याइएको दुई दिन समयकाे उनले विरोध जनाए ।

उनले भने,  ‘मनोनयनको लागि दुई दिन समय दिने भो । दुई दिन चाहियो ? पाँच दलीय गठबन्धनमा खटपट परेर एकदिनमा नभ्याइन सक्छ, कुरो नमिल्न सक्छ, भोलिपल्टको पनि समय दियो । अहिलेसम्म कहिले दुई दिन मनोनयनका लागि समय दिएको सुन्नुभएको छ ? देख्नु भएको छ ? जहाँ पनि मनोनयन एकै दिन हुन्छ । विश्वभरी मनोनयन एकै दिन हुन्छ । नेपालमा दुई दिन मनोनयन।’ 

पाँच दलको खटपट मिलाउने काम निर्वाचन आयोगको हो भन्दै उनले प्रश्न समेत गरेका थिए । 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ३ : ५६ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्