तदर्थ समिति गठन माग गर्दै सानेपामा नेविसंघको प्रदर्शन « Khabarhub

तदर्थ समिति गठन माग गर्दै सानेपामा नेविसंघको प्रदर्शन


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेसको भातृसंगठन नेविसंघले तदर्थ समिति गठन गर्न माग गर्दै कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । सबै उमेर समूहका विद्यार्थीको प्रतिनिधित्व हुने गरी विधान बमोजिम तदर्थ समिति गठन गर्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले नेविसंघको विधान पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने आशन्न तीनवटै तहको निर्वाचनमा युवा, विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्नुपर्ने, अध्यावधिक स्ववियु निर्वाचन र नेविसंघको महाधिवेशनको ग्यारेन्टी गर्नुपर्ने माग पनि राखेका छन् ।

नेविसंघका नेता अनिल खनालले नेविसंघलाई थप अन्यौलमा राख्न नहुने भन्दै पार्टीको ध्यानाकर्षण गराइएको जानकारी दिए।

प्रदर्शनपछि उनीहरुले आफ्ना मागका बारेमा पार्टी कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ४ : ४६ बजे

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका