बलात्कारमाथिको कानुन फितलो भएकै भन्दै संशोधन गर्न माग « Khabarhub

बलात्कारमाथिको कानुन फितलो भएकै भन्दै संशोधन गर्न माग


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलात्कार र हत्याहिंसा जस्ता जघन्य अपराधबाट बालबालिका बचाउन र फितलो नियम संशोधन गर्दै अपराधीलाई कडा सजाय दिलाउनुपर्ने मागसहित समृद्धि फाउन्डेसन नेपालले आइतबार राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाएको छ ।

पछिल्लो समय एक नाबालिगले आफुलाई जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिँदा खेप्नु परेको साइवर बुलिङ्गको चर्चा सेलाउन नपाउँदै सुन्दरहरैंचा नगरपालिका –७ की १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको घट्ना उपर ध्यानाकर्षण गराउँदै फाउन्डेसनले आरोपमा प्रकाउ परेका २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गरेका छन् ।

फाउन्डेसनकी अध्यक्ष संगीता श्रेष्ठले कानुन फितलो भएकै कारण यस्ता घटना र अपराधहरु बारम्बार हुने गरेकोमा जोड दिइन् । मुखमा कालो पट्टी बाँधेर बलात्कार र हत्याहिंसाको विरोध गर्दै फाउन्डेसनकी अध्यक्ष श्रेष्ठले ज्ञापन पत्र बुझाउँदै बलात्कार र हत्याहिंसाजस्ता जघन्य अपराधमा संलग्न अपराधीलाई हदैसम्मको कारबाही गर्न नसक्ने हाम्रो कानुन यति कमजोर किन ? भनेर प्रश्न गरेकी छिन् । ’कानुन कम्जोर हुँदा त्यस्ता अपराध र अपराधीको मनोबल घट्न सकेको छैन । त्यसैले उनीहरु पटक पटक त्यही अपराध दोहोर्‍याई रहेका छन्’ अध्यक्ष श्रेष्ठ भन्छिन् ,’समाजमा त्यस्ता अपराधी खुला रुपले घुमि रहेकै कारण आज हरेक बालबालिका र महिलाहरुको स्वतन्त्र र सुरक्षित भइ बाँच्न पाउने अधिकार खोसिएको छ।’

ज्ञापन पत्र बुझ्दै राष्ट्रिय महिला आयोगकी माननीय सदस्य कृष्ण कुमारी खतिवडाले यस्तो घट्नाले विक्षिप्त बनाए पनि आफूहरुले यस्तो घटना रोकथामका लागि योजना अगाडि सारेको बताएकी छिन् । आयोगकी अध्यक्ष कमला पाराजुलीले तत्कालै अन्तरक्रियात्मक कार्यक्रम मार्फत सरकारलाई कानुन समीक्षा गर्न ध्यानाकर्षण गराउने बताएकी छिन् । ’एउटी १६ वर्षकी बालिका र १८ वर्षका बालकबीच राखिएको शारीरिक सम्बन्ध र यो १८ महिना बालिकाको मुद्दा एउटै होइन । यो जघन्य अपराध हो,’ अध्यक्ष पराजुलीले भनिन् ।

राष्ट्रिय मानव अधिकार आयोगका सह–सचिव दीपकजंग ध्वज कार्कीले ज्ञापनपत्र लिँदै आयोगले यस्तो मुद्दामा सरकार, प्रहरी, सामाजिक कहाँ चुक्यो ? मानव अधिकार आयोगको भुमिका कस्तो हुन्छ भन्ने कुरामा बहस गर्दै अगाडी बढ्नुपर्ने बताए । फाउन्डेसनकी अध्यक्ष श्रेष्ठ आउँदा दिनमा कानुनमा भएका कमजोरीलाई प्रस्ट्याउने गरि चेतनाको कार्यक्रमहरु अगाडी बढाउने बताइन् । ’हामीले विभिन्न कार्यक्रम मार्फत नेपाल सरकारलाई कानुन संसोधन गर्न ध्यानकर्षण गराउने छौँ’ अध्यक्ष श्रेष्ठ भन्छिन् ,’आम मानिसलाई समेत चेतनशील बनाउन यसै साता सडक नाटक समेत गर्दैछौँ ।’ सञ्चारकर्मी हुँदै फिल्म निर्देशक समेत बनेकी श्रेष्ठले आफ्नो डेब्यु फिल्म ’कथा काठमाडौँ’ मा समेत यस विषयलाई समेटेकी थिइन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ६ : ५४ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि