ढकालको नेतृत्वमा नेपाल इटाली उद्योग वाणिज्य संघको कार्यसमिति गठन « Khabarhub

ढकालको नेतृत्वमा नेपाल इटाली उद्योग वाणिज्य संघको कार्यसमिति गठन


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इटाली उद्योग वाणिज्य संघले नवराज ढकालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।

संघको सातौँ वार्षिक साधारणसभाले ढकालको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिका विशिष्ट सदस्यमा राजेशकाजी श्रेष्ठ, उपाध्यक्षद्वयमा धु्रवकुमार श्रेष्ठ र सञ्जय अग्रवाल रहेका छन् ।

त्यसैगरी महासचिवमा राजेन्द्र लाल श्रेष्ठ, कोषाध्यक्षमा पवनकुमार अग्रवाल, सचिवद्वयमा तीर्थबहादुर रोका र मनोज श्रेष्ठ भधेल रहेका छन्  ।

समितिका सदस्यहरूमा अरनिको राजभण्डारी, अरुण के.सी, वाशुमाया तामाङ, भुवनेश्वर फैजु, विना प्याकुरेल श्रेष्ठ, विरेन्द्र साही, किसन सुनार, निरज श्रेष्ठ,  राजेन्द्र बराल, रोम घिमिरे, सञ्जय अग्रवाल (सराफ), शम्भुकुमार लामा, साम्बा लामा, सुमितकुमार वन्सल, शुशिल जैन, विनोद साक्तानी र युगेस वादे श्रेष्ठ रहेका छन् ।

यो संघले नेपाल र इटालीबीच भइरहेको व्यापार व्यवसायलाई अझ व्यवस्थित र विस्तार गरी पर्यटन, सूचना प्रविधि तथा अन्य मेसिनरी वस्तुहरूमा थप लगानी वृद्धि गर्दै दुई देशको व्यापार व्यवसायलाई लगानी मैत्री बनाउने कार्यमा प्रतिबद्ध रहेको जनाएको छ ।

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १० : ०१ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि