छात्रामाथि यौन दुर्व्यवहार प्रकरणः झडपमा एक प्रहरी जवानको मृत्यु « Khabarhub

छात्रामाथि यौन दुर्व्यवहार प्रकरणः झडपमा एक प्रहरी जवानको मृत्यु


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको लेटाङमा यौन दुर्व्यवहार घटनालाई लिएर भएको झडपमा परी घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ ।

लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारको घटनालाई लिएर झडप भएको थियो । झडपका क्रममा धारिलो हतियारले प्रहार भएको श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।

विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले १४ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको घटना बाहिर आएपछि विद्यालय आइतबार बिहानदेखि तनावग्रस्त बनेको थियो ।

आरोपित शिक्षकसँग सोधपुछ भइरहेका बेला स्थानीयहरू विद्यालयमा आएर तानातान गरेपछि विवाद बढेको थियो ।

आरोपी शिक्षकलाई लिन र घटनाको अनुसन्धान गर्न प्रहरी पनि विद्यालयमा पुगेको थियो ।

भिडले शिक्षकलाई बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो ।

विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरी बेलुका नियन्त्रणमा लिएर विराटनगर लाने क्रममा आक्रोशित भिडले आक्रमण गर्दा महिला प्रहरीको मृत्यु भएको बताइएको छ ।

शिक्षकले आफूमाथि हाेलीका दिन दुर्व्यवहार गरेको छात्राले आरोप लगाएकी थिइन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ११ : ३९ बजे

उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेछ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार