सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्   « Khabarhub

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू भर्खरै सन्चो भएको बताउँदै सांसदहरूलाई आफ्नो अनुभव सुनाएका छन् ।

चुनावको धपेडीका कारण पानी पिउनसमेत नभएको र पिसाब फेर्न जानसमेत नपाएको उल्लेख गर्दै लामिछानेले सांसदहरूलाई आफ्नो अनुभव सुनाएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिने प्रशिक्षणको समापनमा बोल्दै लामिछानेले सुरुमै सांसदहरूलाई यसबारे जानकारी गराए ।

‘आज म यहाँहरूलाई तीता र मिठा अनुभव सुनाउन गइरहेको छु। लुकाउनुपर्ने कुरा केही छैन । पारदर्शी राजनीति नै मूल कडी हो । सँधै तितो कुरा गर्न पनि सकिँदैन, सँधै मीठा कुरा गर्न पनि सकिँदैन। आज म तीता र मीठा कुरा गर्न गइरहेको छु’, उनले भने 

लामिछानेले अगाडि  भने, ‘प्रशस्त पानी पिउनुहोला र काहीँ जाँदा पिसाब नरोक्नुहोला। मचाहिँ न्यूरो इन्फेक्सनबाट ग्रसित भए भर्खरै । पानी कम पिउने चुनावी दौडमा ट्वाइलेट जानुपर्ला भनेर रोक्ने कुराले गर्दा मलाई अलि बढी नै स्वास्थ्यमा समस्या भयो। अहिले म त्यसबाट बाहिर निक्लिने क्रममा छु। तपाईँहरूको खटाई अनुहारले देखाएको छ तर तपाईंहरूको अनुहार जहिले यस्तै हुनुपर्छ ।’

उनले सधैँ भिजेको, असिनपसिन भएको र जनतासँग सधैँ गाँसिएको अनुहार आफूले सांसदहरूको देख्न चाहेको उल्लेख गरे। 

करिब ३२ मिनेटको भाषणमा रविले सांसदहरूलाई कुनै हिसाबले पार्टीमा आँच आउने काम नगर्न र अरू लक्षित टिप्पणी नगर्नसमेत आग्रह गरेका छन्।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  २ : २२ बजे

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा– जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा ५१