जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने « Khabarhub

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको अवस्थामा संसारको कुनै पनि शक्तिले त्यसलाई रोक्न नसक्ने बताएका छन्।

पार्टीको अभिमुखीकरण कार्यक्रम समापनका क्रममा बोल्दै उनले आफ्नो पार्टीले अपेक्षाभन्दा ठूलो जनसमर्थन प्राप्त गर्ने संकेत आफूलाई पहिल्यै भएको दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको अभिभावक हुनुमा गर्व महसुस भएको जनाउँदै उनले नेपाली जनताले ऐतिहासिक विश्वास प्रकट गरेको बताए।

लामिछानेले मुलुक परिवर्तनको चरणमा पुगेको उल्लेख गर्दै सही नेतृत्व र समूह भए परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे।

 ‘जनताले परिवर्तन चाहेपछि त्यसलाई कुनै शक्तिले रोक्न सक्दैन, केवल सही नेतृत्व आवश्यक हुन्छ,’ उनले भने।

उनले दुईतिहाइ नजिकको सरकार बन्ने सम्भावना आफूले पहिले नै कल्पना गरेको पनि बताए। साथै, आफू सफलताको शिखरमा पुगे पनि यथार्थबाट टाढा नजाने उल्लेख गर्दै जनताको साथ निरन्तर रहने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  २ : २४ बजे

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा– जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा ५१