जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने « Khabarhub

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको अवस्थामा संसारको कुनै पनि शक्तिले त्यसलाई रोक्न नसक्ने बताएका छन्।

पार्टीको अभिमुखीकरण कार्यक्रम समापनका क्रममा बोल्दै उनले आफ्नो पार्टीले अपेक्षाभन्दा ठूलो जनसमर्थन प्राप्त गर्ने संकेत आफूलाई पहिल्यै भएको दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको अभिभावक हुनुमा गर्व महसुस भएको जनाउँदै उनले नेपाली जनताले ऐतिहासिक विश्वास प्रकट गरेको बताए।

लामिछानेले मुलुक परिवर्तनको चरणमा पुगेको उल्लेख गर्दै सही नेतृत्व र समूह भए परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे।

 ‘जनताले परिवर्तन चाहेपछि त्यसलाई कुनै शक्तिले रोक्न सक्दैन, केवल सही नेतृत्व आवश्यक हुन्छ,’ उनले भने।

उनले दुईतिहाइ नजिकको सरकार बन्ने सम्भावना आफूले पहिले नै कल्पना गरेको पनि बताए। साथै, आफू सफलताको शिखरमा पुगे पनि यथार्थबाट टाढा नजाने उल्लेख गर्दै जनताको साथ निरन्तर रहने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  २ : २४ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा