रुसी हमलाका कारण करिब ५० लाख युक्रेनीले देश छाडे : राष्ट्रसंघ « Khabarhub

रुसी हमलाका कारण करिब ५० लाख युक्रेनीले देश छाडे : राष्ट्रसंघ


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – रुसी हमलाका कारण करिब ५० लाख युक्रेनीले देश छाडेका राष्ट्रसंघले जनाएको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकाय यूएनएचसीआरका अनुसार २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेपछि ४९ लाख ८० हजार ५८९ युक्रेनीले देश  छाडेका छन् । उनीहरु युरोपका विभिन्न देशमा शरणार्थी बनेका छन् ।

आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन आईओएमका अनुसार विभिन्न देशबाट युक्रेन पुगेका तेस्रो देशका २ लाख १५ हजार नागरिकले पनि युक्रेन छाडेका छन् । तीमध्ये अधिकांश विद्यार्थी र आप्रवासी मजदुर छन् ।

अधिकारीहरुले यसलाई युरोपमा विश्वयुद्धपछिकै ठूलो शरणार्थी संकट बताएका छन् । रुसी हमलामा लाखौँ युक्रेनी देशभित्रै पनि विस्थापित भएका छन् ।

युक्रेनमाथि दोस्रो चरणको हमला गरेको रुसले पछिल्ला दिनमा आफ्नो आक्रमण पूर्वतर्फ केन्द्रित गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : १७ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील