गठबन्धनमा महानगर र उपमहानगरको बाँडफाँट मिल्यो (सहमतिपत्रसहित) « Khabarhub

गठबन्धनमा महानगर र उपमहानगरको बाँडफाँट मिल्यो (सहमतिपत्रसहित)


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गठबन्धन बैठक सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको बाँडफाँटमा सहमति जुटाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धन दलको बैठकले ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयर बाँडफाँटमा सहमति जुटाएको हो ।

सहमति अनुसार कांग्रेसले विराटनगर, काठमाडौँ र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद लिनेछ ।

त्यस्तै कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको मेयर पाएको छ भने जितपुर सिमरा, घोराही र हेटौंडा उपमहानगरको उपप्रमुख पाएको छ ।

माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ भने ललितपुर महानगर, धरान र धनगढी उपमहानगरको उपप्रमुख पाएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको नेतृत्व पाएको छ भने काठमाडौं महानगर, इटहरी, बुटवल र तुलसिपुर उपमहानगरको उपप्रमुख दिने सहमति भएको सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको मेयर पाएको भने विराटनगर तथा कलैया र नेपालगंजको उपमेयर पाएको कार्कीले जनाए ।

उनले गठबन्धनको मापदण्ड र सहमतिका आधारमा सम्बन्धित समितिहरूको बैठक बसि अविलम्व सिट बाँडफाँट तथा उम्मेद्वारहरूको चयन गर्न निर्देश गरेको बताए ।

त्यस्तै सहमति बन्न नसकेको अवस्थामा गठबन्धनभित्रै मित्रवत प्रतिष्पर्धा गर्न सकिने समझदारी बनेको कार्कीले जानकारी दिए ।

गठबन्धनको सहमति पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

बाँडफाँटमा को कहाँ ?

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ५ : १६ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था