मलेशियाको शरणार्थी शिविरबाट भाग्ने क्रममा ६ जना रोहिङ्ग्याको मृत्यु « Khabarhub

मलेशियाको शरणार्थी शिविरबाट भाग्ने क्रममा ६ जना रोहिङ्ग्याको मृत्यु


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेशियाको शरणार्थी शिविरबाट भाग्ने क्रममा ६ जना रोहिङ्ग्या शरणार्थीको मृत्यु भएको छ । मलेशियाको पेनाङ राज्यमा रहेको अस्थायी शिविरमा हिंसा मच्चिएको मौका छोपी शरणार्थीहरु भागेका हुन् ।

शिविरबाट भाग्ने क्रममा व्यस्त सडकमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएका गाडीले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको कतारी टेलिभिजन च्यानल अल जजिराको अनलाइन संस्करणले जनाएको छ । मारिनेमा दुई महिला तथा दुई बालबालिका समेत रहेको जनाइएको छ ।

उक्त शिविरमा बुधबार एकाबिहानै हिंसा मच्चिएको र सोही मौका छोपी शरणार्थीहरु भाग्न सफल भएका थिए । उक्त शिविरबाट ५ सय २८ जना शरणार्थी भाग्न सफल भएको अल जजिराले जनाएको छ ।

भागेकामध्ये ८८ जनालाई स्थानीय गाउँलेहरुले नियन्त्रणमा लिएको र ३ सय ६२ जनालाई पुनः पक्राउ गर्न सफल भएको मलेशियाको अध्यागमन प्रमुख खैरुल जाइमी दाउदले जानकारी दिएका हुन् । हाल शिविरबाट भाग्न सफल शरणार्थीहरुको खोजी कार्यलाई तीव्र पारिएको छ ।

मलेशियाका सामाजिक सञ्जाल प्रयोगकर्ताले सार्वजनिक गरेको तस्वीर तथा भिडियोमा महिला तथा बालबालिकासहित शरणार्थीहरु दौडिरहेको देखिन्छ । घटना भएका बेला शरणार्थी शिविरमा ६ सय ६४ जना शरणार्थी र २३ गार्डहरु तैनाथ रहेको जनाइएको ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : २० बजे

शर्माको प्रस्ताव : एक व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्व प्रकाश शर्माले प्रधानमन्त्री

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन आज दोस्रो दिन छ ।काठमाडौंको

विश्वको प्रस्ताव : एकपटक समानुपातिक पाएकाले अर्को पटक नपाउने

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्व प्रकाश शर्माले समानुपातिक

विश्वको प्रस्ताव : पदाधिकारी र केन्द्रीय सदस्यले पनि प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा

विष पिएरै भएनि पार्टीभित्रको एकता कायम गरिछाड्ने प्रयासमा जुटिरहन्छु : नेता कोइराला

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट