एमाले पोखरामा सबै आकंक्षीको नाम केन्द्रमा सिफारिस « Khabarhub

एमाले पोखरामा सबै आकंक्षीको नाम केन्द्रमा सिफारिस


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर र उपमेयरका सबै आकांक्षीको नाम केन्द्रमा पठाएको छ ।

मेयरमा १२ र उपमेयरमा ९ जनाको नाम गत शुक्रबार महानगर कमिटीले जिल्लामा पठाएको थियो ।

जिल्लाले पनि सोही नामलाई प्रदेशमा पठाएको थियो । बुधबार प्रदेश कमिटीले सबै नाम केन्द्रमा पठाएको सचिव धनन्जय दवाडीले जानकारी दिए ।

पोखराको मेयरका लागि प्रदेश सांसदहरू कृष्णबहादुर थापा र राजीव पहारी, केन्द्रीय सदस्य भीम कार्की र मीनाकुमारी गुरुङ, प्रदेशका उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, वडाध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, नेताहरु दीपक पौडेल, बालासिंह काउछा मगर र सावित्री भण्डारीले दाबी गरेका छन् ।

उपमेयरमा वडाध्यक्षहरू शोभामोहन पौडेल र जीवनप्रसाद आचार्य, नेताहरू वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, बिनुकुमारी गुरुङ, बलराम गायक र पत्रकार सुष्मा पौडेलको नाम सिफारिस भएको छ । केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण सहमति जुट्न सकेको थिएन ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : १४ बजे

‘गोबर गणेश’ प्रचारमा ‘बल्छी’ : अग्रज कलाकार भेटेर आर्शीवाद

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू लेखन,

अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अब पुरानै ढंगले

शान र सलिनाको गीत ‘संगी’मा पल र सजिनाको रोमान्स

काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा

गगन–विश्वको प्रशंसा, देउवाको खोजी

काठमाडौं- भदै २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस पार्टी