निर्वाचित भएको भोलिपल्टै वडाको काममा सक्रिय भए विष्णुगोपाल « Khabarhub

निर्वाचित भएको भोलिपल्टै वडाको काममा सक्रिय भए विष्णुगोपाल


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- हेटौंडा उपमहानगरपालिका-२ का नवनिर्वाचित वडाध्यक्ष विष्णुगोपाल महर्जनले निर्वाचित भएको भोलिपल्टैबाट वडाको काम थालेका छन् । उनले हेटौंडा- २ को को संगमचोकको सडकको स्तरीकरण गर्न सुरु गरेका हुन् ।

वडाध्यक्षको उम्मेदवारी दर्ता भएपछि मत माग्ने क्रममा मतदातालाई बाचा गरेअनुसार आफूले सडक स्तरीकरणको काम सुरु गरेको महर्जन बताउँछन् । कांग्रेसबाट उम्मेदवार बनेका महर्जन वडामा बागी उम्मेदवारसहित एमालेका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

हेटौंडा उपमहानगरपालिकाबाटै अनिवार्य अवकाश प्राप्त इन्जिनियर महर्जन मकवानपुरमा होटल व्यवसाय, स्वास्थ्य संस्था सञ्चालकको रूपमा क्रियाशील छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १२ : ३७ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका