३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित, कुन दलका कतिले जिते ?  « Khabarhub

स्थानीय तह निर्वाचन

३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित, कुन दलका कतिले जिते ? 


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा हालसम्म ३१ हजार ४१६ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेको जनाएको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन गरेको थियो । 

आयोगका अनुसार ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । 

निर्वाचन भएका ७५३ स्थानीय तहमध्ये हालसम्म ६३८ तहमा मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका स्थानमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा ३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित भएका हुन् । अब ३ हजार ८०५ पदको परिणाम आउन बाँकी रहेको छ । 

निर्वाचित हुने जनप्रतिनिधिमा सबैभन्दा ठूलो संख्या नेपाली कांग्रेसका उम्मेदवारको रहेको छ । त्यसपछि ठूलो संख्या क्रमशःः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालको रहेको छ ।

आयोगका अनुसार हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना उम्मेदवारले विभिन्न पदमा विजयी भइसकेका छन् । यो भनेको कूल विजयी उम्मेदवारको ३९.२९ प्रतिशत हो । 

एमालेका १० हजार ६०९ जना उम्मेदवार विजयी भइसकेको आयोगले बताएको छ । कूल विजयी हुने उम्मेदवारमा ३३.७६ प्रतिशत एमालेका उम्मेदवार रहेका छन् । 

माओवादी केन्द्रका हालसम्म ४ हजार ७५४ जना जनप्रतिनिधि विभिन्न पदमा विजयी बनेका छन् । यो भनेको कूल विजयी उम्मेदवारको १५.१३ प्रतिशत हो । 

जनता समाजवादी पार्टी, नेपालको हालसम्म १ हजार २२० जना उम्मेदवार विजयी बनेका छन् । विजयी उम्मेदवारमा जनता समाजवादी पार्टीको हिस्सा ३.८८ प्रतिशत रहेको छ । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट हालसम्म १४ जना विजयी बनेका छन् । यो भनेको विजयी उम्मेदवारको ०.०४४ प्रतिशत हो ।  

अन्य साना दल र स्वतन्त्र उम्मेदवार २ हजार ४८९ जना विजयी बनेको आयोगले जनाएको छ । कूल विजयी उम्मेदवारमध्ये ७.९२ प्रतिशत साना दल तथा स्वतन्त्र उम्मेदवारहरू छन् । 

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १ : ४१ बजे

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित

नेपाली कम्युनिस्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछ : भीम रावल

बैतडी । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले जनताका अधिकारलाई

जाडो बढेसँगै लेकबाट बेसी झर्ने बढे

गोरखा- जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा बेसी झर्न थालेका

नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैन : स्वर्णिम वाग्ले

तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले

उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित