बलात्कारसम्बन्धी हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग गगन थापाको आग्रह  « Khabarhub

बलात्कारसम्बन्धी हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग गगन थापाको आग्रह 


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् । 

शुक्रबार जारी प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी हुने क्रममा उनले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन् । 

सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट आफू बलात्कारमा परेको घटना एक युवतीले सार्वजनिक गरेको विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै उनले बलात्कार सम्बन्धमा रहेको मौजुदा हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन् । 

उक्त घटना सार्वजनिक भइसक्दा पनि दोषी पक्राउ नपरेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका उनले तत्काल दोषीलाई पक्राउ गर्र्न माग गरेका छन् । 

सामाजिक सञ्जालमार्फत पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेकी थिइन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १ : ४९ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष