छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापा, मोरङ, दाङ र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा प्रदेश १–०१–००१ ख ३५९४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–४ बस्ने ५२ वर्षीय टंक काफ्ले रहेका छन् । उनको बिहीबार मृत्यु भएको हो । 

मोरङको सुनवर्षी नगरपालिका–६ मा को.२ त १४३७ नम्बरको ट्रयाक्टर बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार सोही नगरपालिका–५ बस्ने ४५ वर्षीय राज कुमार सरदार रहेका छन् । 

दाङको तुलसीपुर उपमहानगरपालिका–४ हरनेटीमा रा.१ प ८६७९ नम्बरको मोटरसाइकल रा.१ क ५६५ नम्बरको टिपरमा बिहीबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सल्यान कपुरकोट गाउँपालिका–३ बस्ने २० वर्षीय आकाश सेन रहेका छन् । 

कञ्चनपुरको भिमदत्त नगरपालिका–५ तिनतारामा म.२ प ८०२४ नम्बरको मोटरसाइकललाई म.२ प २७६ नम्बरको मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म.२ प ८०२४  नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका–१० बस्ने ३८ वर्षीय बिरेन्द्र चन्द रहेका छन् । 

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १ : ५८ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक