नाइजेरियाली सेनाको कारवाहीमा ४३ अतिवादी हतियारधारीहरू मारिए « Khabarhub

नाइजेरियाली सेनाको कारवाहीमा ४३ अतिवादी हतियारधारीहरू मारिए


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नाइजेरियाली सेनाको कारवाहीमा करिब ४३ अतिवादी हतियारधारीहरू मारिएका छन् । गएको तीन सातायता जारी नाइजेरियाली सेनाको कारवाहीमा नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारी मारिएका हुन् ।

नाइजेरियाली सेनाले केही साता यतादेखि सो क्षेत्रमा आतंककारीहरुका विरुद्धमा विशेष कारबाही अभियान सञ्चालन गरेको छ ।

नाइजेरियाली सेनाका प्रवक्ता वर्नाड ओनियकुले दिएको जानकारीअनुसार सो क्षेत्रमा सेनाले गएका केही हप्तादेखि कारबाही जारी राखेको छ र त्यस क्रममा गएको तीन हप्ता यतामात्र ४३ जना अतिवादी हतियारधारी मारिएका छन् ।

साथै यस अवधिमा सेनाले कम्तीमा २० जना हतियारधारीलाई पनि पक्राउ गरेको जनाइएको छ । त्यस्तै, अपहरणमा परेका अरु ६३ जनालाई पनि सेनाले मुक्त गरेको दाबी गरिएको छ ।

उनीहरूलाई सो क्षेत्रमा आतंक मच्चाइरहेका हतियारधारीहरूले अपहरण गरी लगेका थिए । अपहरणकारीको कब्जामा रहेका बन्दीहरुलाई मुक्त गराइएको पनि सैनिक प्रवक्ता बर्नाडले जानकारी दिए ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ३ : १५ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको