नाइजेरियाली सेनाको कारवाहीमा ४३ अतिवादी हतियारधारीहरू मारिए | Khabarhub Khabarhub

नाइजेरियाली सेनाको कारवाहीमा ४३ अतिवादी हतियारधारीहरू मारिए


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नाइजेरियाली सेनाको कारवाहीमा करिब ४३ अतिवादी हतियारधारीहरू मारिएका छन् । गएको तीन सातायता जारी नाइजेरियाली सेनाको कारवाहीमा नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारी मारिएका हुन् ।

नाइजेरियाली सेनाले केही साता यतादेखि सो क्षेत्रमा आतंककारीहरुका विरुद्धमा विशेष कारबाही अभियान सञ्चालन गरेको छ ।

नाइजेरियाली सेनाका प्रवक्ता वर्नाड ओनियकुले दिएको जानकारीअनुसार सो क्षेत्रमा सेनाले गएका केही हप्तादेखि कारबाही जारी राखेको छ र त्यस क्रममा गएको तीन हप्ता यतामात्र ४३ जना अतिवादी हतियारधारी मारिएका छन् ।

साथै यस अवधिमा सेनाले कम्तीमा २० जना हतियारधारीलाई पनि पक्राउ गरेको जनाइएको छ । त्यस्तै, अपहरणमा परेका अरु ६३ जनालाई पनि सेनाले मुक्त गरेको दाबी गरिएको छ ।

उनीहरूलाई सो क्षेत्रमा आतंक मच्चाइरहेका हतियारधारीहरूले अपहरण गरी लगेका थिए । अपहरणकारीको कब्जामा रहेका बन्दीहरुलाई मुक्त गराइएको पनि सैनिक प्रवक्ता बर्नाडले जानकारी दिए ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ३ : १५ बजे

रविको पक्षमा रास्वपा कार्यकर्ताको प्रदर्शन

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले आइतबार पनि पोखरा

मधेस प्रदेश : रिक्त ७ पदमा उपनिर्वाचन हुँदै, पछिल्लो निर्वाचनमा यस्तो थियो परिणाम

जनकपुरधाम– आगामी मंसिर १६ गते देशका विभिन्न पालिकाका रिक्त ४४

एकैदिन अमेरिका र चीनका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं- दुई शक्ति राष्ट्र चीन र अमेरिकाका लागि एकै दिन

सगरमाथा साहित्य प्रतिष्ठानले गर्‍यो पाँच स्रष्टाको समान   

काठमाडौं– सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाले ‘सगरमाथा स्रष्टा सम्मान तथा

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका दुईजना न्यायाधीश नियुक्त गरेका