शपथ ग्रहणपछि सिद्धार्थनगरका मेयरको घोषणा-आफूले पाएको मत बराबर वृक्षारोपण गर्छु « Khabarhub

शपथ ग्रहणपछि सिद्धार्थनगरका मेयरको घोषणा-आफूले पाएको मत बराबर वृक्षारोपण गर्छु


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– सिद्धार्थनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सिद्धार्थनगरका निर्वाचित नगर प्रमुख ईस्तियाक अहमद खानलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस धनसिंह महराले शपथ ग्रहण गराएका हुन । यस्तै नगरप्रमुख खानले उप-प्रमुखसहित वडाध्यक्षहरूलाई सपथ ग्रहण गराएका छन् । सिद्धार्थनगरमा गठबन्धनबाट नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका ईस्तियाक अहमद खान नगर प्रमुखमा निर्वाचित भएका हुन् ।  उपप्रमुखमा नेकपा एमालेकी उमा अधिकारी निर्वाचित भएकी हुन् ।

१३ वटा वडा रहेको सिद्धार्थनगरमा वडा नम्बर १ बाट जसपाका उज्जवल पोखरेल,  २ बाट राप्रपाका छेदीलाल श्रीवास्तव, ३ बाट राप्रपाका नारायण उपाध्याय, ४ बाट राप्रपाका मुक्तिनाथ यादव, ५ बाट नेपाली कांग्रेसका पुरनप्रसाद श्रेष्ठ, ६ बाट नेपाली कांग्रेसका वीरेन्द्र नाथ श्रीवास्तव, ७ बाट नेपाली कांग्रेसका दामोदर शर्मा घिमिरे र ८ बाट पनि नेपाली कांग्रेसकै राजनजँग राणा निर्वाचित भएका छन । यस्तै वडा नम्बर ९ बाट एमालेका शेषकान्त भण्डारी, वडा नम्बर १० बाट एमालेका सुर्जमन अहिर, वडा नम्बर ११ बाट एमालेका दिलीपकुमार यादव, वडा नम्बर १२ बाट एमालेका कुमार गुरुङ र वडा नम्बर १३ बाट कांग्रेसका सोमबहादुर गुरुङ निर्वाचित भएका छन् ।

नवनिर्वाचित नगरप्रमुख खानले नगरमा छाडा चौपाया व्यवस्थापनका लागि कान्जी हाउस, डुबानको समस्यालाई हटाउन नाला सफाइ, क्रियापुत्री भवन लगायतको कामलाई प्राथमिकता दिँदै महिला विद्यार्थी तथा बालबालिकाका लागि विशेष प्याकेज ल्याउने बताए ।

उनले आफूले पाएको मत बराबर वृक्षारोपण  गर्ने प्रतिबद्धता जनाउदै भएका वृक्षहरूको संरक्षण र सम्वर्द्धनमा पनि नगरपालिका पछि नपर्ने बताए ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ४ : ०७ बजे

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र