काठमाडौँ– बलिउड अभिनेता अजय देवगणले आफूलाई अभिनेतासँगै निर्माता र निर्देशकको रुपमा समेत अगाडि बढाइरहेका छन् ।
सन् २००८ यता उनी निर्देशकको भूमिकामा पनि देखिएका हुन् ‘यु मि और हम,’शिवाय’ हुँदै उनको तेस्रो फिल्म ‘रन-वे ३४’ उनले निर्देशन गरिसकेका छन्। सत्य घटनामा आधारित रहेको भनिएको फिल्ममा सन् २०१५ मा जेट एयरवेजको दोहा-कोची फ्लाइटले भिजिबिलिटी कम हुँदा ब्यहोर्नुपरेको दुःखलाई देखाइएको छ। अजयको निर्देशन रहेको फिल्ममा पाइलट विक्रान्त खन्नाको भूमिकामा उनी स्वयम् छन् । फिल्ममा अमिताभ बच्चनले नारायण वेदान्त, राकुल प्रीत सिंहले तान्या, आकांक्षा सिंहले समाइरा खन्ना, बोमन इरानीले निशान्कोत सुरीको भूमिका निर्वाह गरेका छन् ।
फिल्मको यिनै पात्रको वरपर घुमेको छ । फिल्ममा अजयले पाइलटको भूमिका निर्वाह गरेका छन् । उनी आफ्नो अनुभवबाट गरेको कामले अरुलाई प्रभाव छाड्छन् । उनीसँग काम गर्न हरेक को-पाइलट चाहन्छन् । यद्यपि यिनको आफ्नै संसार छ । उनकी पत्नी समिरा र छोरी छिन् । विक्रान्त दोहा पुगेका छन् । एक दिन रेस्टको समय पाएका अजयलाई साथीले फोन गर्छन् । बिदामा ‘मस्ती’ गर्ने मुडका साथ अजय पनि पार्टीमा सामेल हुन्छन् । यद्यपि छिटै उनकै घर पनि पुग्नु छ । किनकी उनको छोरीको जन्मदिन आउँदैछ । बिहानसम्म पार्टीमा रहेका अजयले आफूलाई फ्रेस बनाउन निकै प्रयास गर्छन् । यद्यपि उनको अन्य दिनको जस्तो स्फूर्ति विक्रान्तमा छैन ।
युएईको दोहाबाट भारतको कोची फ्लाइट ल्याउने क्रममा उनको भेट को- पाइलट तान्यासँग हुन्छ । विक्रान्तको कामबाट प्रभावित भएकी तान्याले सुरुमा कामप्रति गम्भीर देख्दिनन् । यद्यपि विक्रान्तले देखाउने आफ्नो व्यवहारले उनलाई प्रभावित बनाउँछ । तान्या विक्रान्तको ट्यालेन्टले झनै प्रभावित हुन्छिन् । यद्यपि विक्रान्त फ्रेस छैनन् । उनी १ सय ५० यात्रुलाई लिएर उडान गर्छन् । मौसम सम्बन्धी पाएको जानकारीको आधारमा उडान भर्दै गर्दा भिजिबिलिटी निकै कम हुन्छ । स्काईलाइन ७७७ विमान लिएर उडेका विक्रान्तले आफूलाई फ्रेस राख्न हरप्रयास गर्छन् । त्यसैले गर्दा उडान भर्ने बित्तिकै उनी निदाउँछन् । उनले केही समय आराम गर्ने भनेका हुन्छन् ।
तर, मौसम बिग्रिएपछि उनले रेस्ट गर्न पाउदैनन् । बिग्रदो मौसमका कारण उनको फ्लाइट डाइभर्ट गर्नु पर्ने हुन्छ । यद्यपि विक्रान्त सोही एअरपोर्टमा ल्याण्ड गर्न केही समय प्रतीक्षा गर्छन् । फ्युल कम भएपछि तान्याकै आग्रहमा नजिकैको एअरपोर्ट कोचीमा ल्याण्ड गर्न अजय सहमत हुन्छन् । फ्युललाई मध्यनजर गर्दै अजयले प्लेनलाई कोची तर्फ मोडछन् । किनकी स्थानीय एटिसीले त्यहाँ भिजिबिलिटी रहेको जानकारी दिएको हुन्छ । यद्यपि त्यहाँ पुग्ने समयमा कोची एअरपोर्टको एटिसीले प्लेनलाई मौसम अपडेट गराउदैनन् । त्यसकारण कोची पुगेपछि भिजिब्लिटी निकै कम हुन्छ । फ्युल नभएका कारण एटिसीले ल्यान्डिङ गर्न नहुने बताउँदा बताउँदै पनि ल्याण्ड गर्ने बाध्यता हुन्छ ।
विक्रान्तले फ्युल नभएपछि प्लेन ल्याण्ड गर्ने तयारी गर्छन् । भिजिबिलिटी नभएको एअरपोर्टमा उनले ‘रन वे ३४’ रोज्छन । र, त्यहाँ ल्याण्ड गर्छन् । प्लेन ल्याण्ड त हुन्छ तर निकै दुखले । एअरपोर्ट खाली भएकाले फोर्स ल्यान्डिङमा कुनै घटना हुदैन । विक्रान्त पुनः आफ्नो बहादुरीका कारण हिरो बन्छन् । यद्यपि छानविनको लागि आयोग गठन हुन्छ । जसलाई नारायणले लिड गरिरहेका हुन्छन् । उनी इमानदार अफिसर मात्र होइनन्, घटनाक्रमलाई नजिकबाट नियाल्ने उनको छुटै खुबी छ । अजयले अघिल्लो दिन पार्टी गरेर फ्रेस नभएकै कारण प्लेन दुर्घटना हुन् सक्ने आरोप सहित अजय सहित को-पाइलट तान्यालाई तानिन्छ । त्यसपछि सो घटनाका लागि विक्रान्त दोषी हुन्छन् ? वा हुदैनन् ? यसका लागि भने फिल्म नै हेर्नु पर्नेहुन्छ । विक्रान्तले ‘रन वे ३४’ मै किन ‘फोर्स ल्यान्डिङ’ गर्छन् ? उनले ड्रिंक्स गरेका हुन्छन् ? यी सब प्रश्नको जवाफ फिल्मले मात्र दिन्छ ।
फिल्मलाई अजयले निर्देशकको रुपमा टेक्निकल्ली पनि बलियो बनाएका छन् । यद्यपि उनले घटेको घटनालाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । यसले रियालिटी रुचाउने दर्शकलाई कहीँ कतै नतान्न सक्छ । पछिल्लो समय ओटीटीमा कन्टेन हेरिरहेका दर्शकलाई कथा र घटनाक्रम सामान्य लाग्न सक्छ । किनकी ओटीटीमा आइरहेका सिरिज वा फिल्ममा इस्युलाई गहिराइसम्म देखाउने गरिएको छ । यहाँ ठुलो पर्दा र समयको पावन्दीका कारण पटकथामा अजय चुकेका छन् । कोरोना महामारी पश्चातको समय र दर्शकमा यो फिल्मले ज्यादै होल्ड गरेर कौतुहलता जगाउन सक्दैन ।
यो फिल्म हेरिरहँदा अर्जुन रामपाल अभिनीत ‘द फाइनल कल’ सिरिजको याद आउँछ । जहाँ एक पाइलटको जीवनलाई निकै गहिराइ पूर्वक देखाइएको छ । अजयले फिल्मलाई प्राविधिक रुपमा बलियो बनाएका छन् । फिल्ममा देखिने कलाकारहरूको अभिनय दमदार छ । सबैले आफ्नो भूमिकालाई जीवन्त बनाएका छन् । फिल्ममा देखिने प्रमुख पात्रहरूको भूमिका जीवन्त छ । यसैगरी फिल्मलाई सरल किसिमले बनाइएको छ । यसलाई बुझ्न सहज छ । फोर्स ल्यान्डिङको स्टोरी रहेको फिल्मलाई बुझ्न ज्ञान चाहिदैन । फिल्मले दर्शकलाई सहजै कथा बुझाउँछ । तर, कथा र स्क्रीनप्लेलाई सुक्ष्म रुपमा बुझ्न खोज्ने दर्शकलाई भने यसले निराश बनाउँछ । पछिल्लो फिल्म शिवायको लम्बाइका कारण चिन्तित बनेका अजयले यसपटक लम्बाइ घटाउँदा कथालाई ‘फील’ गर्ने समय मिल्दैन ।
अमिताभले आफ्नो भूमिकालाई दमदार बनाएका छन् । उनलाई दिएको भूमिकामा उनी ‘पर्फेक्ट’ छन् । यद्यपि उनको स्क्रीन स्पेस धेरै छैन । उनी छानविन सुरु भएपछि मात्र फिल्ममा देखिन्छन् । बोमन इरानी, अंगिरा धर लगायतले आफ्नो छोटो भूमिकालाई राम्रोसँग निर्वाह गरेका छन् । अजयले पछिल्लो समय आफूलाई ‘सोसल इस्यु’ मा बेस्ड फिल्ममा अगाडि ल्याइरहेका छन् । यद्यपि उनको निर्देशकीय शैली हेर्दा ‘शिवाय’ जस्ता फिल्ममा ज्यादा फिट छन् । फिल्ममा थ्रिलर लय राम्रोसँग समातेका अजयले पात्रसँग दर्शकलाई कनेक्ट भने गर्न सकेका छैनन् । यो नै उनको कमजोरी हो ।
प्राविधिक रुपमा फिल्मलाई बलियो बनाउँदा अजय पटकथामा खरो उत्रिन सकेका छैनन् ।
प्रतिक्रिया