ब्युटी प्याजेन्ट बलात्कार घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी « Khabarhub

ब्युटी प्याजेन्ट बलात्कार घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्युटी प्याजेन्ट बलात्कार घटना प्रकरणकी पीडित युवतीको घरमा प्रहरी पुगेको छ । २०७१ सालमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको घटना सार्वजनिक गर्ने युवतीको घरमा प्रहरी पुगेको हो । 

प्रहरीले उनीसँग सामान्य सोधपुछ गर्नुका साथै काउन्सिलिङ समेत गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी टोली उनको घरमा पुगेको हो । 

कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले पीडितलाई भेटेर कुराकानी गरिएको र कानुनी रूपमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए । प्रहरीले उनको परिवारसँग पनि भेट गरेको छ । 

बुधबार टिकटकमार्फत उनले भिडियो सार्वजनिक गर्दै आफू बलात्कृत भएको बताएकी थिइन् । भिडियो भाइरल बनेपछि प्रहरी, मानवअधिकारकर्मी, महिला अधिकारकर्मी लगायतले उनको खोजी गरेका थिए । अधिकारकर्मीसँगै प्रहरीले पनि उनकोबारेमा जानकारी लिएको हो । 

जबरजस्ती करणी सम्बन्धी कसुरमा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने हदम्याद छ । जसकारण उनले किटानी जाहेरी दिन नसक्ने अवस्था आएको छ । यस्तो अवस्थामा कुन कानुनलाई आधारमा मानेर अघि बढ्न सकिन्छ भन्ने विषयमा प्रहरीले छलफल गरिरहेको छ । 

यो विषय संसद्‌मा समेत प्रवेश गरेको थियो । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले यो विषयमा सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले सरकारलाई शीघ्र घटनाबारे छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएका दिए । 

सामाजिक सञ्जालमार्फत तरंग नै पैदा गरेको यो घटनामा सरबत्र चासो देखिएको छ । २० वटा भिडियोमा त्यो बेलाको घटनाबारे जानकारी गराएकी थिइन् । त्यसपछि उनले हद म्यादका कारण न्याय नपाउने अवस्था रहेको भन्दै सर्वत्र आलोचना भएको थियो । उनले त्यसपछि भिडियो बनाउँदै आफू बलात्कृत हुँदा पनि न्याय नपाउने अवस्था आएको बताएकी थिइन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ६ : ३६ बजे

गोलकिपर अन्जिला भन्छिन्– राजनीतिको फोहोरी खेलले हाम्रो अवसर खोस्यो

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जिला तुम्बापो

युक्रेनमा रूसी आक्रमण : पाँच जनाको मृत्यु, १९ घाइते

एजेनसी– युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण

ओली हिरासतबाट छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री तथा

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा