ब्युटी प्याजेन्ट बलात्कार घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी « Khabarhub

ब्युटी प्याजेन्ट बलात्कार घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्युटी प्याजेन्ट बलात्कार घटना प्रकरणकी पीडित युवतीको घरमा प्रहरी पुगेको छ । २०७१ सालमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको घटना सार्वजनिक गर्ने युवतीको घरमा प्रहरी पुगेको हो । 

प्रहरीले उनीसँग सामान्य सोधपुछ गर्नुका साथै काउन्सिलिङ समेत गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी टोली उनको घरमा पुगेको हो । 

कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले पीडितलाई भेटेर कुराकानी गरिएको र कानुनी रूपमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए । प्रहरीले उनको परिवारसँग पनि भेट गरेको छ । 

बुधबार टिकटकमार्फत उनले भिडियो सार्वजनिक गर्दै आफू बलात्कृत भएको बताएकी थिइन् । भिडियो भाइरल बनेपछि प्रहरी, मानवअधिकारकर्मी, महिला अधिकारकर्मी लगायतले उनको खोजी गरेका थिए । अधिकारकर्मीसँगै प्रहरीले पनि उनकोबारेमा जानकारी लिएको हो । 

जबरजस्ती करणी सम्बन्धी कसुरमा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने हदम्याद छ । जसकारण उनले किटानी जाहेरी दिन नसक्ने अवस्था आएको छ । यस्तो अवस्थामा कुन कानुनलाई आधारमा मानेर अघि बढ्न सकिन्छ भन्ने विषयमा प्रहरीले छलफल गरिरहेको छ । 

यो विषय संसद्‌मा समेत प्रवेश गरेको थियो । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले यो विषयमा सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले सरकारलाई शीघ्र घटनाबारे छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएका दिए । 

सामाजिक सञ्जालमार्फत तरंग नै पैदा गरेको यो घटनामा सरबत्र चासो देखिएको छ । २० वटा भिडियोमा त्यो बेलाको घटनाबारे जानकारी गराएकी थिइन् । त्यसपछि उनले हद म्यादका कारण न्याय नपाउने अवस्था रहेको भन्दै सर्वत्र आलोचना भएको थियो । उनले त्यसपछि भिडियो बनाउँदै आफू बलात्कृत हुँदा पनि न्याय नपाउने अवस्था आएको बताएकी थिइन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ६ : ३६ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा