नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १५ देशका २६ फिल्म चयन | Khabarhub Khabarhub

नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १५ देशका २६ फिल्म चयन


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १० औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२ यही १५ देखि १७ जेठसम्म तीन दिन काठमाडौँको जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ । 

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रा.लि.को आयोजनामा हुन लागेको यो महोत्सवमा विभिन्न देशका १०० भन्दा बढी फिल्म प्राप्त भएका थिए । जसमध्येबाट निर्णायक समितिले २६ वटा फिल्म चयन गरेको छ । 

नेपाल सहित १५ देशका २६ वटा फिल्म चयन भएको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले बताएकी छिन् । नेपाल र अफ्रिकाको फिल्मको संस्कृतिका लागि आफूहरुले एक दशक अघिबाट नेपालमा नेपाल अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको अध्यक्ष डा.मिश्रले बताएकी छिन् । ‘अफ्रिकालाई अब हामीले पश्चिमाहरूको नभएर अफ्रिकन लेन्सबाटै हेर्नु पर्छ भनेर हामीले विगत १० वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएका छौं ’ उनले भनिन् । 

महोत्सव निर्देशक डब्बू क्षत्रीका अनुसार यो महोत्सवमा विदेशबाट १४ मुलुकका १५ वटा चलचित्र चयन भएका छन् । जस मध्य आधिकांश अफ्रिकन मुलुकबाट फिल्म चयन गरिएको छ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषय बस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन् । महोत्सवका लागि फिल्म चयन भएका विदेशी मुलुकहरूमा बुर्किना फासो, इजिप्ट, ट्युनिसिया, संयुक्त राज्य अमेरिका, घाना, सोमालिया, अष्ट्रिया, जर्मनी, बेनिन, कंगो, फ्रान्स, क्यामरुन, अल्जेरिया, मोरक्को रहेका छन् ।

महोत्सवमा नेपालबाट १२ वटा फिल्म छानिएका छन् । जस मध्य ८ वटा चलचित्र खुला प्रतिस्पर्धा अन्तर्गत रहेको छ । जसमा द ब्लाक कर्नर, ऐना, राईज, शँका, कुइनेटो, गरिमा, द डटर, थर्ड आई रहेका छन् । यस्तै यसपटक विद्यार्थीहरूको फिल्मलाई छुट्टै प्रतिस्पर्धामा राखिएको छ । फिल्मका विद्यार्थी फिल्म प्रतिस्पर्धामा विद्यार्थीहरूले बनाएको फिल्म राखिएको हो । जसमा झोल, सेफ्टी पिन, आखिर किन र द डेलिभरी रहेका छन् । 

यस्तै विदेशी फिल्म तर्फ बुर्किना फासोको लोयल ड्यु साएक्लोन–आई अफ द साएक्लोन, मोरक्कोको घोस्ट अफ स्पेस टाइम अल्जेरियाको ला चेम्बर, क्यामरुन लेस मेलोडियस डु, फ्रान्सको ले मोन्डे डी चिज टी काफ, कँगोको एबुला नगान्दो, बेनिनको ले मोन्डेलिप्रियुभी, सोमालिया-अस्ष्ट्रिया÷जर्मनीको लाईफ अन द हर्न, घानाको लिबर्टी, ट्युनेशिया-युएसएकोमेन हु बिकेम म्युजियम रहेका छन् । यस्तै इजिप्टबाट यसपटक दिई ईज माई नाईट, आजिया,अदर चेक, एबाउटगर्ल सहित ४ वटा चलचित्र चयन भएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ७ : २९ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी

भोजपुर- षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा

घोराहीको नीति तथा कार्यक्रम : गौरव बढाउने आयोजनालाई प्राथमिकता

दाङ– दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८२–८३ का

सडक स्तरोन्नति गर्न युवाहरूको माग

पाल्पा– पाल्पाकाे निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका

विद्यार्थी कम भएपछि पाँच सामुदायिक विद्यालय समायोजन

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ ।