आरजु राणाद्वारा बलात्कार सम्बन्धी कानून संशोधन गर्न संसद्लाई अनुरोध | Khabarhub Khabarhub

आरजु राणाद्वारा बलात्कार सम्बन्धी कानून संशोधन गर्न संसद्लाई अनुरोध


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले बलात्कार सम्बन्धी कानुन संशोधन गर्न संसद्लाई अनुरोध गरेकी छिन् । ‘बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्छन् । उनीहरूका लागि जिन्दगीको सबैभन्दा त्रासद् क्षणमा पुगेर समयको घडी ठप्प रोकिए जस्तो हुन्छ, त्यसैले बलात्कारको पीडाबारे बोल्ने र कानुनी उपचार खोज्ने कुनै समय सीमा हुनु हुँदैन,’ उनले उल्लेख गरेकी छिन् । 

राणाले बलात्कार सहेर बाँचेकाहरूलाई आफ्नो पीडाबारे सार्वजनिक रूपमा बोल्न समय लाग्ने र न्यायको लडाइँ सुरु गर्ने साहस जुटाउन धेरै वर्ष पनि लाग्ने सक्ने बताएकी छिन्।’

राणाका अनुसार, अन्य राष्ट्रहरूले दशकौँपछि पनि बाल यौन दुराचारी र बलात्कारीहरूमाथि अभियोग लगाउन र कानूनी कठघरामा ल्याउन अनुमति दिने समय सीमा रहेका कानूनहरू परिवर्तन भएका छन् । ‘अपराध सबै अपराध नै हुन्, कुनै अपराधमा २० औं वर्षपछि पनि अभियोग लगाउन सकिन्छ भने बलात्कारीलाई एक वर्षभित्र अभियोग लगाउनुपर्ने समय सीमा किन ?’ उनले प्रश्न गरेकी छिन् ।  

नेपालले पनि अब कानून परिवर्तन गर्दै समय सीमा हटाई महिलालाई सुरक्षाको प्रत्याभूति दिन ढिला गर्नु नहुने उनको भनाइ छ । 

‘हालै एक जना बहिनीले आफूमाथि भएको बलात्कारको पीडाबारे सार्वजनिक रूपमा बोल्ने हिम्मत गरिन् । म उनको साहसलाई कदर गर्छु । उनी र उनीजस्ता बालिका एवं महिलालाई बलात्कार र अन्य महिला हिंसाबाट बचाउन म नेपाल सरकार र विशेषगरि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानुन संशोधनको लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानुन फास्ट ट्रयाकबाट पारित गर्न अनुरोध गर्दछु,’ उनले लेखेकी छिन् ।

आठ वर्ष अगाडि ‘ब्युटी प्याजेन्ट’ मा भाग लिएकी एक नाबालिगले आफूमाथि आयोजकले यौन दुर्व्यवहार गरेको घटना बाहिर ल्याएकी थिइन् । हदम्यादका कारण आफूले न्याय पाउने अवस्था नरहेको ती युवतीको गुनासो छ । 

 

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ७ : १२ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा