व्यास नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण « Khabarhub

व्यास नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ -जिल्लामा दुई पालिका जोड्ने गरी निर्माण सुरु भएको झोलुङ्गे पुल सम्पन्न भएको छ । व्यास नगरपालिका–७ र म्याग्दे गाउँपालिका–६ जोड्ने साँगेखोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो ।

दुई पालिकाको लगानी, झोलुङ्गे पुल कार्यक्रम, स्थानीयवासीको श्रमदान, गैरसहकारी संस्था समन्वय समितिको प्राविधिक सहयोगमा उक्त ठाउँमा पुल निर्माण भएको हो । रु ४३ लाख दश हजार ६१ को लागतमा पुल निर्माण सकिएको समन्वय समितिका सचिव राजेश्वर हड्खलेले जानकारी दिए ।

पुल निर्माणका लागि पालिकाबाट रु पाँच लाख ६२ हजार ३५९, झोलुङ्गे पुल कार्यक्रमबाट रु ३६ लाख ६३ हजार ५५० लगानी गरेका छन् भने स्थानीवासीले रु ८४ हजार १४९ बराबरको श्रमदान गरेका छन् । पुल निर्माणका लागि विसं २०७८ पुस ८ गते उपभोक्ता समितिसँग सम्झौता भएको थियो । निर्माण कार्य भने फागुन १३ गतेबाट सुरु भएको थियो । ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि ७२ घरधुरीका ४३४ लाभान्वित भएका छन् ।

यहाँ पुल नहुँदा वर्षायाममा स्थानीयवासीलाई जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएपछि अब यहाँका स्थानीयवासीलाई सहजरुपमा आवतजावत गर्न सहज हुने भएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ८ : ४७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना