कास्की कांग्रेस संकटमा, सभापतिविरुद्ध घेराबन्दी « Khabarhub

कास्की कांग्रेस संकटमा, सभापतिविरुद्ध घेराबन्दी


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेपाली कांग्रेस कास्की गम्भीर संकटमा फसेको छ । सभापति किशोरदत्त बरालविरुद्ध पदाधिकारी र सदस्यले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका छन् । केन्द्रमा सभापति शेरबहादुर देउवा निकट मानिने बराल जिल्ला समितिमा अल्पमतमा छन् ।

उनलाई सभापतिबाट हटाउन हस्ताक्षर अभियान सुरु भएको कास्कीकै एक नेताले बताए । ‘उहाँले पार्टी चलाउन सक्नुहुन्न । नयाँ मान्छे चाहिन्छ,’ ती नेताले भने, ‘अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको छ ।’

स्थानीय निर्वाचनको समीक्षा गर्न आयोजना गरिएको जिल्ला कार्यसमितिको बैठक समेत अधिकांश पदाधिकारी र सदस्यले बहिष्कार गरेका छन् । उपसभापति युवराज कुँवरले होटेलमा राखिएको बैठकमा सहभागी नहुने बताए । ‘पार्टी अफिस छ । अहिलेसम्मका सबै चुनाव पार्टी अफिसबाट चल्यो, अहिले दिनदिनै होटेलमा बैठक भयो,’ उनले भने, ‘यसरी पार्टी कमजोर हुन्छ नि । सभापतिज्यू जिम्मेवार हुनुभएन । धेरै साथीहरू बैठकमा आउनुभएन, आउनुभएकोले पनि हस्ताक्षर गर्नुभएको छैन ।’

पदाधिकारी र सदस्य उठेर हिँडेपछि बैठक ११ गतेका लागि स्थगित भएको छ । बैठकमा १८ जना अनुपस्थित थिए भने आएकाले समेत उपस्थिति जनाएनन् । पदाधिकारी र सदस्यले प्रश्न गरेपछि सभापतिले जवाफ दिँदै गर्दा धेरैजसो बैठकका सहभागी उठेर हिँडेका बैठकका एक सदस्यले बताए । ‘होटेलमा बैठक राखेको भनेर आलोचना भइरहेको थियो । त्यसमाथि स्थानीय निर्वाचनमा पोखरा महानगरको उपमेयर हारेको विषय पनि थपियो,’ ती नेताले भने, ‘केही हजार भोट भएको एकीकृत समाजवादीले चुनाव जित्ने, ६० हजार मत भएको कांग्रेसले कसरी हार्‍यो ? यसको गम्भीर समीक्षा हुनुपर्दैन ? प्रश्न उठ्छ । प्रश्नबाट भाग्न मिल्दैन ।’

सभापति बरालले भने गणपूरक सङ्ख्या नपुगेका कारण बैठक स्थगित गरिएको बताए । ‘साथीहरू कामको व्यस्तताले आउन भ्याउनुभएन । सहमतिमै अर्को दिन बैठक बसौँ भनेर उठेको हो,’ उनले भने, ‘बाहिर के प्रचार भयो थाहा छैन । बैठकका बेला कुनै नराम्रो कुरा चलेको थिएन ।’ बरालले अर्का उम्मेदवार सुदीपमोहन भट्टराईलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ९ : ०६ बजे

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी