व्यवसायीले आफैँ बढाए १५ प्रतिशत गाडी भाडा « Khabarhub

व्यवसायीले आफैँ बढाए १५ प्रतिशत गाडी भाडा


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- सरकारले निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायीले आफूखुसी गाडी भाडा वृद्धि गरेका छन् ।

 पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले आजैदेखि लागू हुने गरी १५ प्रतिशत भाडा बढाएको छ । विधानतः पेट्रोलियम पदार्थको मूल्य बढेपछि भाडा समायोजन यातायात व्यवस्था विभागले गर्नुपर्ने हो । तर, व्यवसायी आफैँले सरकारलाई समेत अटेर गरी भाडा बढाएका छन् । कम्पनीका अध्यक्ष योगेन्द्र केसीले सरकारकै कारण भाडा बढाउन बाध्य भएको बताए ।

‘हामीलाई कुनै रहर छैन । यो हाम्रो बाध्यता हो । बजारमा चरम मूल्यवृद्धि छ । यो अवस्थामा गाडी भाडा मात्र सस्तो कसरी बनाउन सकिन्छ ?,’ उनले भने, ‘बन्द हट्ताल गर्नुभन्दा भाडा बढाएर यात्रुलाई सेवा दिनु उपयुक्त ठान्यौँ । यसबाट परेको असरप्रति क्षमता प्रार्थी छौँ ।’

पृथ्वी राजमार्ग कम्पनीबाट चल्ने सबै गाडीमा भाडा बढेको छ । यसअघि चैतमा पनि कम्पनीले आफूखुसी २० प्रतिशत भाडा बढाएको थियो ।
२०६५ सालमा वैज्ञानिक भाडा दर पुनरावलोकन समिति गठन भएपछि उक्त समितिको प्रतिवेदनअनुसार २ भागमा वर्गीकरण गरेर १८ तत्वका आधारमा ६५ प्रतिशत र ३५ प्रतिशत इन्धनलाई आधार बनाइएको छ ।

भाडा निर्धारण र समायोजनका लागि सरकारी समिति भए पनि समयमा काम नगरेका कारण व्यवसायीले कानुन विपरीत आफैँ भाडा बढाएको बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १० : ४८ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,