रसियन संगीत प्रतिबन्ध लगाउने युक्रेनको घोषणा « Khabarhub

रसियन संगीत प्रतिबन्ध लगाउने युक्रेनको घोषणा


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् १९९१ पछि रसियामा जन्मिएका कलाकारले सिर्जना गरेका संगीतलाई प्रतिबन्ध लगाउने निर्णय युक्रेनको संसद्ले गरेको छ । सञ्चारमाध्यम तथा सार्वजनिक ठाउँमा रसियन संगीत बजाउन नदिने प्रस्ताव पास गरेको छ ।

तर युक्रेनले रसियाको युक्रेनमाथि आक्रमणको विरोध गर्ने कलाकारले भने प्रतिबन्ध हटाउन निवेदन दिन सक्नेछन् । युक्रेनले संसदबाट पास गरेको निर्णयले रसिया र बेलारुसबाट आयात हुने किताबमा पनि लागू हुनेछ । 

युक्रेनको पूर्व र दक्षिणभेगमा बस्ने मानिसको रुसी भाषासँग गहिरो लगाव छ । यहाँका धेरै बासिन्दाले रुसी भाषा नै पहिलो भाषाको रुपमा बोल्छन् । आइतबार पास भएको विधेयकले टेलिभिजन, रेडियो, स्कुल, सार्वजनिक यातायात, होटल, रेस्टुरेन्ट, सिनेमा आदिमा प्रतिबन्ध लगाएको हो । सन् १९९१ मा युक्रेन रुससँग छुट्टिएर बेग्लै राष्ट्र बनेको थियो 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १२ : १६ बजे

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।