विकास निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग « Khabarhub

विकास निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको लहानस्थित मत्स्य विकास केन्द्र हातामा भइरहेको विभिन्न विकास निर्माणका कार्यमा कर्मचारी र ठेकेदारले गुणस्तरहीन सामग्रीको प्रयोग गरिरहेको पाइएको छ । विकास केन्द्र हाताभित्रै पूर्वाधार निर्माणको काममा कर्मचारी र निर्माण कम्पनीको मिलेमतोमा गुणस्तरहीन काम भइरहेको हो । मत्स्य विकास केन्द्रमा सहलेश कन्ट्रक्सन लहानले १५ लाखमा १७२ मिटर लामो फिडिङ क्यानल निर्माणको ठेक्का स्वीकार गरी काम गरिरहेको छ । विकास निर्माणको काममा एक नम्बर इँटा प्रयोग पर्नुपर्ने हो, तर यसमा तोकेको भन्दा कम गुणस्तरको इँटा प्रयोग भएको पाइएको छ ।

कम गुणस्तरका इँटा प्रयोग नगर्न निर्माण कामको निरीक्षण गर्ने जिम्मा पाएका साइड इन्जिनियर रामविश्वास भण्डारीले तत्काल इँटा फेर्न भने पनि ठेकेदारले अटेर गरि गुणस्तरहीन इँटा नै प्रयोग गरिरहेको बताए । इन्जिनियर भण्डारीले भने, ‘मैले ठेकेदारलाई प्रयोग गरिएको इँटा गुणस्तरहीन देखिएपछि  प्रयोग नगर्न भनिसकेको छु, मैले बारम्बार भनिरहे पनि ठेकेदारले बेवास्ता गरे ।’

निर्माण कम्पनीकै निजी प्राविधिक सञ्जीव ठाकुरले पनि कमसल इँटा प्रयोग भएको स्वीकारे ।  उनले भने, ‘इँटा उद्योगको लापरबाहीका कारण केही इँटा नराम्रो आएकै हो, मैले तत्काल नल्याउन भनिसकेको छु।’ मत्स्य विकास केन्द्रका प्रमुख मुङ्गालाल चौधरीले समेत इँटा फेर्न भनेको बताए। चौधरीले ठेकेदारलाई फोन गरेर इँटा फेर्न भने पनि अटेर गरेको सुनाए ।

लहान नगरपालिकाका उपप्रमुख रामचलित्तर महतोको श्रीमतीको नाममा रहेको सल्हेश कन्सट्रक्सनले काम गरिरहेको छ । कम्पनी श्रीमतीको नाममा भए पनि उपप्रमुख महतोले काम गर्दै आएका छन्। कमसल सामग्री प्रयोगको विषयमा महतोसँग बुझ्न खोज्दा उनले  ‘तपाइँसँग ल्याब छ रु कुन ल्याबमा जाँचेर कमसल भन्नुभएका हो ? ’ भन्दै प्रतिप्रश्न गरे ।

यही हाताभित्रै ५५ लाखको लगानीमा ओभरहेड ट्याङ्की निर्माण भइरहेको छ। यसको ठेक्का भने भवानी कन्ट्रक्सले पाएको छ। माछाको भुरा उत्पादन गर्ने यहाँ ओभरहेड ट्याङ्की निर्माणमा पनि गुणस्तरहीन बालुवा लगायतका निर्माण सामाग्री प्रयोग गरिएको पाइएको छ ।

पूर्वाधार निर्माणको काममा प्रशोधित बालुवा गिट्टीको प्रयोग गर्नुपर्ने हो । तर, यहाँ खोलाको बालुवा र गिट्टी कम मूल्यमा पाइने भएकाले निर्माण कम्पनीहरू सिधै खोलाबाट ल्याएर निर्माण कार्यमा प्रयोग गरिरहेका छन् । मत्स्य विकास केन्द्रकै हाताभित्र ४० लाखको कर्मचारी आवास, २० लाखको डिप बोरिङ जडान, २० लाख पोखरीको बाल सुदृढिकरणको काम भइरहेको छ । 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १२ : ३३ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार