चार जिल्लामा चार जना मृत फेला  « Khabarhub

चार जिल्लामा चार जना मृत फेला 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – झापा, चितवन, नवलपरासी (पश्चिम) र काठमाडौँमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

झापाको झापा गाउँपालिका–२ सिर्जना बस्तिस्थित खेतमा सोही ठाउँ बस्ने ५५ वर्षीय बीर बहादुर गोले आइतबार मृत अवस्थामा फेला परेका छन् ।

चितवनको रत्ननगर नगरपालिका–३ बन्सीस्थित कयर खोलामा खैरहनी नगरपालिका–१ वयर गोरखाली टोल बस्ने ६० वर्षीय शुक बहादुर सार्की आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी(पश्चिम)को रामग्राम नगरपालिका–१६ जमुनियास्थित सिएम इँटा उद्योग प्रालि नजिकै रहेको पोखरीमा सोही उद्योगमा काम गर्ने दाङ लमही नगरपालिका–८ सतबरिया बस्ने ३५ वर्षीय त्रिपाल चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ ढुङगेधारास्थित खाली चौरको छेउमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : १६ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका