मूल्यवृद्धिको कारण माग गर्दै राप्रपाले बुझायो निगमलाई ज्ञापनपत्र « Khabarhub

मूल्यवृद्धिको कारण माग गर्दै राप्रपाले बुझायो निगमलाई ज्ञापनपत्र


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल आयल निगमलाई पत्र बुझाएको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले निगमलाई पत्र बुझाएको हो ।

सोमबार पेट्रोलियम पदार्थमा लाग्ने खर्चका बारे र मूल्यवृद्धिको कारण माग गर्दै पार्टीका तर्फबाट ज्ञापनपत्र बुझाइएको शाहीले बताए ।

राप्रपाले पेट्रोलियम पदार्थको कच्चा मूल्य, सुद्धिकरण चार्ज, कर, भाडा दर लगायतका बिषयमा जानकारी माग गरेको छ ।

त्यस्तै नेपालका भिभिआपीलाई कति तेल उपलब्ध गराइन्छ र निगम कर्मचारीहरूको बोनस कति छ भन्ने जानकारी पनि माग गरिएको छ।

आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पुर्‍याएपछि विरोध सुरु भएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : २५ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित