मूल्यवृद्धिको कारण माग गर्दै राप्रपाले बुझायो निगमलाई ज्ञापनपत्र « Khabarhub

मूल्यवृद्धिको कारण माग गर्दै राप्रपाले बुझायो निगमलाई ज्ञापनपत्र


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल आयल निगमलाई पत्र बुझाएको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले निगमलाई पत्र बुझाएको हो ।

सोमबार पेट्रोलियम पदार्थमा लाग्ने खर्चका बारे र मूल्यवृद्धिको कारण माग गर्दै पार्टीका तर्फबाट ज्ञापनपत्र बुझाइएको शाहीले बताए ।

राप्रपाले पेट्रोलियम पदार्थको कच्चा मूल्य, सुद्धिकरण चार्ज, कर, भाडा दर लगायतका बिषयमा जानकारी माग गरेको छ ।

त्यस्तै नेपालका भिभिआपीलाई कति तेल उपलब्ध गराइन्छ र निगम कर्मचारीहरूको बोनस कति छ भन्ने जानकारी पनि माग गरिएको छ।

आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पुर्‍याएपछि विरोध सुरु भएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : २५ बजे

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा