म्याग्दीको बेनी नगरपालिका–१ अर्जम बङ्गुर पकेट क्षेत्र घोषणा « Khabarhub

म्याग्दीको बेनी नगरपालिका–१ अर्जम बङ्गुर पकेट क्षेत्र घोषणा


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१ अर्जमलाई बङ्गुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ । परम्परागतरुपमा सुँगर र बङ्गुरपालन गर्दै आएका त्यहाँका कृषकलाई व्यावसायिक बनाउन नगरपालिकाले चालू आर्थिक वर्षदेखि पकेट क्षेत्र घोषणा गरेको हो । नगरपालिकाको पशु सेवा शाखाका प्रमुख अनाश्रित श्रेष्ठले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषक समूहमार्फत बङ्गुर पकेट क्षेत्र घोषणा गरिएको जानकारी दिए । उक्त कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु १० लाख विनियोजन भएकामा समूहमा आबद्ध कृषकलाई बङ्गुरको खोर निर्माण र पाठापाठी खरिदमा अनुदान दिइएको छ । नगरपालिकाको ५० प्रतिशत अनुदानमा २२ कृषकले बङ्गुरको सुधारिएको खोर बनाएका समूहका अध्यक्ष नरबहादुर थापाले बताएका छन् । 

‘बाइस जनालाई दुई/दुई वटाका दरले पाख्रिबास जातको बङ्गुरका पाठापाठी उपलब्ध गराएका छौँ’, उनले भने, ‘पानी पर्दा ओत लाग्ने र खुला ठाउँमा बस्ने, उमेर समूहअनुसार पोथी र भालेलाई छुट्टाछुट्टै राख्न मिल्ने आधुनिक खोर बनाएका छौँ ।’खोर निर्माणका लागि प्रतिकृषक रु ३५ हजारका दरले अनुदान दिइएको अध्यक्ष थापाले बताए । एउटा खोरमा १० भन्दाबढी बङ्गुर पाल्न सकिन्छ । करिब ३०० घरधुरी रहेको अर्जमका अधिकांशका घरमा धराने कालो जातको सुँगुर पालेका छन् । यसअघि परम्परागत शैलीका खोरमा बङ्गुर पालिएको थियो । घरायसी उपभोगका लागि बङ्गुर, सुँगुर पाल्दै आएका अर्जमका कृषकको आयआर्जन सुधारका लागि पकेट क्षेत्र सञ्चालन गरिएको वडासदस्य ताराप्रसाद थापामगरले बताएका छन् । 

पाठापाठी र मासुका लागि बङ्गुर, सुँगुरको माग बढेको छ । बागलुङ, बेनीलगायत बजार क्षेत्रबाट सुँगुरको माग आउने गरेको छ । धेरै पाठापाठी जन्माउने, छिटो हुर्कने, घरमा फालिएको खानेकुराको सदुपयोग आम्दानी हुने भएकाले त्यहाँका बासिन्दाले बङ्गुरपालनलाई व्यावसायिक बनाउन थालेका छन् । प्रतिकिलो  ५०० को हाराहारीमा बङ्गुर बिक्री हुन्छ । एउटै बङ्गुरलाई एक वर्ष पालेमा रु ५० हजारभन्दा बढी मूल्य पार्न सकिने कृषकले बताएका छन् । 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  २ : ३० बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा