पूर्व छापामार नेता गुस्ताभो पेट्रो कोलम्बियाका नयाँ राष्ट्रपति निर्वाचित « Khabarhub

पूर्व छापामार नेता गुस्ताभो पेट्रो कोलम्बियाका नयाँ राष्ट्रपति निर्वाचित


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वामपन्थी उम्मेदवार गुस्ताभो पेट्रो आइतबार कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित  भएका छन्  । स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका छन् ।

राज्य सञ्चालित राष्ट्रिय नागरिक रजिस्ट्रीले यसबारे जानकारी दिएको हो । कोलम्बिया गठबन्धनका लागि वामपन्थी ऐतिहासिक सम्झौताका उम्मेदवार पेट्रोले ११,२८०,६९४ मत प्राप्त गरेका छन् ।  

यो कूल खसेको मतको ५०.४४ प्रतिशत हुन आउँछ । यस्तै  हर्नान्डेजले १०,५७९,८०३ अर्थात् ४७.३१ प्रतिशत मत प्राप्त गरेका छन् । 

नवनिर्वाचित राष्ट्रपतिले ट्विटरमा भनेका छन्– यो ‘उत्सव’ को दिन हो । ‘पहिलो लोकप्रिय विजयको उत्सव मनाऔँ’ पेट्रोले लेखेका छन् । ‘यो विजय भगवानको लागि हो, जनता र यसको इतिहासको लागि हो। आज सडक र चौकको दिन हो ।’

६२ वर्षीय पेट्रो राजधानी बोगोटाका सिनेटर र पूर्व मेयर हुन् । उनी कुनै समय एम १९ नामक छापामार लडाकु समूहको नेता समेत रहेको टाइम्स म्यागजिनको अनलाइन संस्करणले जनाएको छ । उनले अगस्ट ७ का दिन राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।

निर्वाचन अधिकारीहरूले यसअघि मतदानको दिनमा मतदान प्रक्रिया सामान्य रूपमा अघि बढेको बताएका थिए तर पछि एक सैनिक र एक चुनावी साक्षीको मृत्यु भएको खबर आएको थियो ।

रक्षामन्त्री डिएगो मोलानोले कोलम्बियाको क्रान्तिकारी सशस्त्र बलको आक्रमणमा एक सैनिकको मृत्यु भएको छ बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ३ : १७ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन