त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुन देशका कति एयरलाइन्सले उडान भर्छन् ? | Khabarhub Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुन देशका कति एयरलाइन्सले उडान भर्छन् ?


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सात दशक लामो इतिहास बोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) विदेशी नागरिक नेपाल प्रवेश गर्ने पहिलो नाका हो । विदेशीलाई नेपालको झझल्को दिने ऐनाका रुपमा पनि काठमाडौँ विमानस्थललाई लिइन्छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७० वर्षभन्दा बढी लामो समयपछि मुलुकभित्र अर्को भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हालै सञ्चालनमा आएको छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल करिब निर्माण सम्पन्न भई शीघ्र सञ्चालनको तयारीमा छ । हाल देशभित्र तीन अन्तर्राष्ट्रिय विमानस्थल भएका छन् ।

 यी विमानस्थल विदेशी नागरिक प्रवेश गर्ने पहिलो ढोका हुन् । विमानस्थलको सेवासुविधा भौतिक पूर्वाधारको अवस्थाले नेपाल झल्काउने भएकाले विमानस्थलको सेवा सुदृढीकरण र आधुनिक पूर्वाधार एवं प्रविधिमैत्री बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालय लागिपरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनकुन देशमा कति एयरलाइन्सले उडान भर्छन् भन्ने आम चासोको विषय बन्न सक्छ । त्यसैले कोभिड–१९ महामारीपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुनकुन एयरलाइन्सले उडान सञ्चालन गरिरहेका छन् भनेर सङ्क्षिप्तमा सामग्री तयार गरिएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार कोभिडपछि अन्तर्राष्ट्रियतर्फ ७० उडान भइरहेका छन् । 

आन्तरिकतर्फ कोभिडपूर्वकै अवस्था अर्थात् करिब शतप्रतिशत उडान भइरहेको छ । अन्तर्राष्ट्रियमा अहिले दैनिक सरदर दुईतर्फी ६० उडान हुँदै आएका छन् । यो सङ्ख्या मौसम सामान्य अवस्थामा भएका बेला उडान व्यवस्थापनमा सहज हुने तर अहिले मनसुन सिजन भएकाले विमानस्थलमा बढी उडान चाप हुने गरेको प्रवक्ता सिटौलाको भनाइ छ । 

विमानस्थलबाट थाइ स्माइल एयरले छिट्टै उडान भर्दैछ । कोभिडपछि चिनियाँ जहाजले काठमाडौँ विमानस्थलमा नियमित ‘सेडुअल’ उडान गरेका छैनन् । अहिले चार्टर्ड उडान मात्रै भइरहेको छ । कूल ९२ लाख यात्रु क्षमताको टिआइएमा सबै एयरलाइन्सले पूर्ण क्षमतामा उडान गरेकाले विमानस्थल साँघुरो हुने अधिकारीले बताए। त्यसैले काठमाडौँ विमानस्थलको विकल्पका रुपमा भैरहवा विमानस्थललाई सञ्चालन गर्ने प्राधिकरणको नीति छ ।

पोखरा विमानस्थल पनि सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय उडान व्यवस्थापनमा सहजता आउने अनुमान गरिएको छ । कोभिड महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान भर्दै आएका थिए । यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् ।

उन्नाइस देशका २४ एयरलाइन्सको उडान

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई नेपालीसहित ३४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यिमध्ये नेपालसहित १९ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान गरिरहेका छन् । सबैभन्दा बढी चीनका चार, नेपाल र भारतका समान दुई एयरलाइन्सले उडान भर्दै आएका छन् । 

चीनको एयर चाइना, सिचुवान एयर, चाइना इस्ट्रन, चाइना साउदर्नले उडान गरिरहेका छन् भने भारतको एयर इण्डियाइण्डिगो एयरले उडान भर्दै आएका छन् । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले हाल भारतका तीनसहित आठ देशका १० गन्तव्यमा उडान भर्दै आएको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले विभिन्न छ देशका छ गन्तव्यमा उडान भर्दै आएको छ । एयर अरेबिया अबुधाबी र एयर अरेबिया सारजाहले उडान भर्दै आएका छन् ।

त्यस्तै जजिरा एयर, कोरियन एयर, मालिन्दो एयर, मलेसिया एयर, कतार एयरवेज, सलाम एयर, सिङ्गापुर एयर, श्रीलङ्कन एयरलाइन्स, टर्किस एयरलाइन्सले उडान भरिरहेका छन् । त्यसैगरी विमान बङ्गलादेश, क्याथी प्यासिफिक एयरवेज लिमिटेट, ड्रक एयरलाइन्स र फ्लाइ दुबईले काठमाडौँ विमानस्थल भएर उडान गरिरहेका छन् । एक महिनाअघि व्यावसायिक सञ्चालनमा आएको भैरहवा विमानस्थलबाट कुवेतको जजिरा एयरले उडान गरिरहेको छ । 

उक्त विमानस्थलमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि चासो देखाएका छन् । नेपालले हाल ४० मुलुकसँग हवाईसेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो । टिआइएमा विभिन्न १० हेलिकप्टर कम्पनी छन् । -रासस

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ४ : १८ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्