‘देशको प्रमुख निकायमा खेलकुदबारे जानकारी गराउन आवश्यक’- महेश्वरजंग गहतराज « Khabarhub

‘देशको प्रमुख निकायमा खेलकुदबारे जानकारी गराउन आवश्यक’- महेश्वरजंग गहतराज


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद क्षेत्रको विकासका लागि देशको प्रमुख प्रशासनिक निकायमा यस विषयमा जानकारी गराउन आवश्यक रहेको बताएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को नयाँ नेतृत्व चयनका लागि आज भएको साधारण सभाको उद्घाटन गर्दै उनले देशका प्रमुख निकायमा खेल सामान्य गतिविधि वा क्रियाकलापको क्षेत्र मात्र हो भन्ने बुझाइ रहेको हुँदा यस विषयमा बुझाउन आवश्यक रहेको बताए । 

मन्त्री गहतराजले हाम्रो देश प्राकृतिक रुपमा सुन्दर रहेकाले खेललाई पर्यटनसँग जोड्नुपर्ने भनाइसमेत व्यक्त गरे । उनले आज नै हुने एन्फा चुनावको नतिजाले नेपाली फुटबल क्षेत्रमा नयाँपन थपिने विश्वास व्यक्त गरे । एन्फाको २१औँ साधारणसभामा एन्फा मातहतका ४८ जिल्ला, १४ ‘ए’ डिभिजन, ११ ‘बी’ डिभिजन, नौ ‘सी’ डिभिजन, रेफ्री, प्रशिक्षक, खेलाडी र महिला सङ्घ तथा राष्ट्रिय लिगका लागि छानिएका चार क्लबका गरी १०४ प्रतिनिधिलगायतको उपस्थिति थियो ।

अहिले एन्फाको चुनावी प्रक्रिया सुरु भएको छ । एन्फाको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको प्यानलबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ । अध्यक्षमा कर्माछिरिङ र पंकजविक्रमसहित फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौड्याल पनि प्रतिस्पर्धामा छन्। 

पौड्याल भने एकल उम्मेदवार छन् । एन्फाको साधारणसभाले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार र महिला दुईसहित १५ सदस्य निर्वाचित गर्नेछ । वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा चार, महिला सदस्यमा पाँच र सदस्यमा ३६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । पन्ध्र सदस्यमध्ये १३ खुल्ला र दुई महिला सदस्यका लागि पनि दुवै प्यानलबाट उम्मेदवार छन्। 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ४ : २५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना