एमालेद्वारा नकर्मीको निधनप्रति दुःख व्यक्त  « Khabarhub

एमालेद्वारा नकर्मीको निधनप्रति दुःख व्यक्त 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले नेपाली कम्युनिस्ट आन्दोलनकी साहसिक योद्धा कमरेड नानीमैया नकर्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । नकर्मीको आज ९५ वर्षको उमेरमा निधन भएको हो ।

एमालेले आज एक विज्ञप्ति जारी गर्दै १९८४ मंसिरमा काठमाडौँमा जन्मेकी नकर्मीले विगतका कठोर दिनहरूमा पार्टीलाई जनस्तरमा स्थापित गर्न पुर्‍याएको योगदानको स्मरण गरेको छ ।

‘आफू सानै छँदा अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेम र गंगालाल श्रेष्ठलाई राणा सरकारले फासी दिएको घटनाबाट उद्वेलित भई राजनीतिमा सक्रिय हुनुभएकी नकर्मीले मनमोहन अधिकारी, तुल्सीलाल अमात्यलगायतका नेताहरूको सम्पर्कमा रही आन्दोलनमा सक्रियता जनाउनुभएको थियो,’ एमालेले विज्ञप्तिमा भनेको छ ।

राजनीतिक यात्राका क्रममा उनले एमालेको काठमाडौँ जिल्ला कमिटी सदस्य र पछि सल्लाहकार भएर काम गरेकी थिइन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा २०७९ वैशाख ९ गते एमालेले नकर्मीको योगदानको उच्च कदर गर्दै ‘कम्युनिस्ट योद्धा’ का रुपमा सम्मान गरेको थियो ।

‘मुलुकको परिवर्तन र रूपान्तरणमा योगदान गर्नुभएकी सक्रिय र साहसी योद्धा नानीमैया नकर्मीप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दुःखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ,’ एमालेले भनेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ४ : ४२ बजे

महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा

हिमालयन रिइन्सुरेन्स शेयर कारोबार : पौने ४ अर्बको मुद्दामा ऋषिराज मोरसँग मागियो १ करोड धरौटी

काठमाडौं- विशेष अदालतले हिमालयन रिइन्सुरेन्सको शेयर कारोबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण

मध्यपूर्व तनावबीच इरानी विद्यालय बन्द गर्न कुवेतको आदेश

कुवेत- कुवेत सरकारले देशमा सञ्चालित एक मात्र इरानी विद्यालय बन्द गर्न

कमल नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार

भद्रपुर– कमल नगर अस्पतालमा अब विशेषज्ञ रेडियोलोजिष्टमार्फत नियमित भिडियो एक्स-रे

कफिनमा फर्किए शिखर चुम्न गएका कीर्तिमानी युक्त (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानको ब्रड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर निधन भएका पर्वतारोही