एमालेद्वारा नकर्मीको निधनप्रति दुःख व्यक्त  « Khabarhub

एमालेद्वारा नकर्मीको निधनप्रति दुःख व्यक्त 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले नेपाली कम्युनिस्ट आन्दोलनकी साहसिक योद्धा कमरेड नानीमैया नकर्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । नकर्मीको आज ९५ वर्षको उमेरमा निधन भएको हो ।

एमालेले आज एक विज्ञप्ति जारी गर्दै १९८४ मंसिरमा काठमाडौँमा जन्मेकी नकर्मीले विगतका कठोर दिनहरूमा पार्टीलाई जनस्तरमा स्थापित गर्न पुर्‍याएको योगदानको स्मरण गरेको छ ।

‘आफू सानै छँदा अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेम र गंगालाल श्रेष्ठलाई राणा सरकारले फासी दिएको घटनाबाट उद्वेलित भई राजनीतिमा सक्रिय हुनुभएकी नकर्मीले मनमोहन अधिकारी, तुल्सीलाल अमात्यलगायतका नेताहरूको सम्पर्कमा रही आन्दोलनमा सक्रियता जनाउनुभएको थियो,’ एमालेले विज्ञप्तिमा भनेको छ ।

राजनीतिक यात्राका क्रममा उनले एमालेको काठमाडौँ जिल्ला कमिटी सदस्य र पछि सल्लाहकार भएर काम गरेकी थिइन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा २०७९ वैशाख ९ गते एमालेले नकर्मीको योगदानको उच्च कदर गर्दै ‘कम्युनिस्ट योद्धा’ का रुपमा सम्मान गरेको थियो ।

‘मुलुकको परिवर्तन र रूपान्तरणमा योगदान गर्नुभएकी सक्रिय र साहसी योद्धा नानीमैया नकर्मीप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दुःखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ,’ एमालेले भनेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ४ : ४२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना