अवरुद्ध बेँसीसहर–चामे सडक वैकल्पिक माध्यमबाट सञ्चालनमा « Khabarhub

अवरुद्ध बेँसीसहर–चामे सडक वैकल्पिक माध्यमबाट सञ्चालनमा


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- शनिबार रातिदेखिकाे अविरल वर्षाका कारण आएको पहिराले अवरुद्ध बेँसीसहर चामे सडक सञ्चालनमा आएको छ ।

अवरुद्ध भएकाे बेँसीसहर नगरपालिका-६ खरखरेबाट वैकल्पिक सडक बनाइ बेँसीसहर-बाझाखेत खुदी सडकको प्रयोग गरी सोमबार  बिहान ११ बजेदेखि सवारी आवतजावत भएकाे डुम्रे-बेँसीशहर चामे सडकका प्रमुख इञ्जिनीयर अच्युत विलास पन्तले बताए  ।

वैकल्पिक सडकको अप्ठ्यारो भएको ठाउँमा कार्यालयको इस्काभेटरले माटो सम्माएर मिलाउँदै सवारी सञ्चालन गरिएको छ । मनाङ जाने एक मात्र बेँसीसहर-चामे सडक अवरुद्ध हुँदा मनाङ र मर्स्याङ्दी गाउँपालिकाका स्थानीयले सास्ती खेप्नुपरेको छ। प्रत्येक वर्ष खरखरेको पहिरोले सडक अवरुद्ध गर्दा आवतजावतमा समस्या हुने गरेको मर्स्याङ्दीका जीवन भण्डारी बताउँछन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ४ : ५७ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका