पेट्रोलमा मूल्यवृद्धिको चौतर्फी विरोध जारी, तत्काल फिर्ता लिनुपर्ने माग « Khabarhub

पेट्रोलमा मूल्यवृद्धिको चौतर्फी विरोध जारी, तत्काल फिर्ता लिनुपर्ने माग


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आम उपभोक्ताको ढाड सेक्नेगरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै चौतर्फी विरोध जारी छ । यस्तो अवस्थामा मूल्यवृद्धिको विभिन्न सरोकारवाला पक्षले विरोध र आक्रोश जनाएका छन् ।

उनीहरूले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने पनि माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालले ‘पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुलगायतमा भैरहेको निरन्तरको मूल्यवृद्धिआमजनस्तरमा यसको प्रभावको विषयमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै विद्यार्थी संगठनका नेताहरू, यातायात व्यवसायी र उपभोक्ता अधिकारकर्मीहरूले सरकारले जनतालाई मार्नेगरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै विरोध जनाएका हुन् । 

No description available.उनीहरूले तत्काल मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने पनि चेतावनी दिएका छन् । साक्षात्कारमा बोल्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँरले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सार्वजनिक यातायात चल्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे । उनले आफूहरू गाडी व्यवसायीमात्र नभएर त्योभन्दा पहिला नागरिक भएको बताउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सार्वजनिक यातायातमा धेरै नै असर गरेको बताए ।

त्यस्तै, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आफूले विगत ४० वर्षदेखि उपभोक्ता अधिकारकै क्षेत्रमा निरन्तर काम गरेको उल्लेख गर्दै पछिल्लो समयमा बढेको महँगी सबैभन्दा बढि भएको बताए । उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि युक्रेनको कारण नभइ सरकारको कारणले भएको आरोप लगाए । 

अखिल (क्रान्तिकारी) का  केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनमा प्रत्यक्ष असर परेको बताए । उनले पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धिले जनता आत्तिएको भन्दै उनले यसले देशमा आर्थिक संकट आएको समेत टिप्पणी गरे । यसैगरी, अनेरास्ववियुका महासचिव समिप बडालले पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध आन्दोलन गर्ने बताए । 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ६ : ३५ बजे

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव