सप्तरीमा दोस्रो बिहे गर्न जाँदै गर्दा बेहुला पक्राउ « Khabarhub

सप्तरीमा दोस्रो बिहे गर्न जाँदै गर्दा बेहुला पक्राउ


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सप्तरीमा बहुविवाह गर्न खोजेको आरोपमा ३१ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका ५ बाट राजेन्द्र मण्डलको छोरा फुलदेव कुमार मण्डललाई जन्ती जान तयारी भएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

भारतको मधुवनी आराहा भन्ने स्थानमा दोस्रो विवाहका लागि जन्ती जान तयारी गरेको अवस्थामा मण्डललाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रवक्ता काफ्लेले बताए ।

‘पत्नीमाथि कुटपिट गरेको सूचनाको आधारमा पक्राउ गरी प्रहरी हिरासतमा राखी अनुसन्धान थालेका छौं’ उनले भने ।

मण्डलकी पत्नी काजलकुमारी मण्डलले श्रीमान‍्ले दोस्रो विवाह गर्न खोजेको आरोप लगाइन् । आफू हुँदाहुँदै आमा बुवाको कुरामा परी दोस्रो विवाह गर्न लागेको उनको आरोप छ ।

उनले दोस्रो विवाह गर्न खोजेकोले श्रीमान‍्लाई झिकाई कानुन बमोजिम कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएकी थिइन् । उनले श्रीमान‍्सँगै ससुरा ६५ वर्षीय राजेन्द्र मण्डल, सासू ६० वर्षीया चनरवती देवी मण्डललाई विपक्षी बनाई बहुविवाह गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका शाखामा निवेदन दर्ता गराएकी थिइन् ।

छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ माइती भएकी काजलको २०७३ वैशाख १५ गते सामाजिक परम्परा अनुसार फुलदेवसँग विवाह भएको थियो । दाइजो कम ल्याएको भन्दै श्रीमान्, सासू, ससुराले कुटपिट गरी यातना दिनथालेपछि २०७६ मंसिर २८ गतेदेखि नाबालिका छोरीसँगै काजल माइतीमा बस्दै आएकी थिइन् । दाइजो कम भएको भन्दै थप १० लाख दाइजो ल्याउन दबाब दिँदै श्रीमान्, सासू ससुराको यातना थेग्न नसकेपछि माइत बस्दै आएको काजलको दुखेसो छ।

सप्तरी जिल्ला अदालत राजविराजको इजलासले मुद्दाको किनारा नलाग्दासम्म नाबालिका छोरी ज्योति कुमारी मण्डल र मलाई मासिक पाँच हजारका दरले १० हजार दिन आदेश दिएका थियो । श्रीमान‍्ले अदालतको आदेश कार्यान्वयन नगरी उच्च अदालत राजविराज जनकपुरमा मुद्दा दिएको उनले जानकारी दिइन् ।

पीडित काजलले अदालतमा मुद्दा चलिरहेको समयमा दोस्रो विवाह गर्न खोज्ने पतिलाई हदैसम्मको कारवाहीको माग काजलले गरेकी छिन् ।

ससुरा राजेन्द्रले जग्गा जमिनसहित सम्पत्ति अर्काको नाममा नामसारी गरी छोरालाई सम्बन्ध विच्छेदको मुद्दा लगाउन उक्साएको उनले आरोप लगाइन् । बुवाको मृत्यु भइसकेकोले दाजुभाइको शरणमा ४ वर्षीये छोरीसहित छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीस्थित माइती घरमा बस्दै आएको दुखेसो काजलको छ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ९ : ०६ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक