यी हुन् आजको प्रतिनिधिसभा बैठकका पाँच कार्यसूची « Khabarhub

यी हुन् आजको प्रतिनिधिसभा बैठकका पाँच कार्यसूची


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने भएको हो।

बैठकका लागि संसद सचिवालयले ५ वटा सम्भावित कार्यसूची मंगलबार नै सार्वजनिक गरिसकेको छ । जसअनुसार बैठकको शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधयेक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सो विधेयकलाई निर्णयार्थ पेश गरिनेछ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्। छलफलपछि सो विधेयकलाई निर्णयार्थ पेश गरिनेछ।

यस्तै बैठकमा ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युट’को सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता अनुमोदन गर्ने तयारी छ। वन तथा वातावरणमन्त्री प्रदीप यादवले सो सम्झौतामाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

 हेर्नुहोस् कार्यसूची

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : २९ बजे

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौंडी नगरपालिकामा १३

इरान–अमेरिका ओमान वार्ता तयारी

एजेन्सी– घातक विरोध प्रदर्शनको पृष्ठभूमिमा इरान र संयुक्त राज्य अमेरिका

एमाले अध्यक्ष ओली चुनावी अभियानका लागि झापा जाँदै

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्याह्न गृहजिल्ला

ज्ञान चक्षुको २०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं –  ज्ञान चक्षु इङ्ग्लिस स्कुलले २०औँ वार्षिकोत्सव तथा अभिभावक

रौतहट दुर्घटनाबारे रास्वपाले भन्यो : बालिकाका परिवारलाई राहत र न्याय दिलाउँछौँ

काठमाडौं- रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट