कतारका लागि नेपाली राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र « Khabarhub

कतारका लागि नेपाली राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले यहाँको परराष्ट्र राज्यमन्त्रीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

परराष्ट्र राज्यमन्त्री सुल्तान बिन साद अल मुरैखी समक्ष यहाँको परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित एक विशेष समारोहमा राजदूत ढकालले ओहोदाको प्रमाणपत्र पेश गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।

तत्पश्चात उनीहरुबीच शिष्टाचार भेटवार्ता समेत भएको छ। भेटमा परराष्ट्र राज्यमन्त्री मुरैखीले नवनियुक्त राजदूत ढकाललाई कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

राज्यमन्त्री मुरैखीले कतार र नेपालबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन विभिन्न क्षेत्रमा सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।

राजदूत डा. ढकालले गत जुलाई ७ तारिख बुधबारबाट नेपाली दूतावास दोहामा कार्यभार सम्हालेका थिए । यसअघि केपी ओली सरकारले कतारका लागि नियुक्त गरेका राजदूत नारदनाथ भारद्वाज वाग्लेलाई कार्यकाल पूरा नहुँदै फिर्ता बोलाएर देउवा सरकारले ढकाललाई जिम्मेवारी दिएको हो।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ५५ बजे

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा