सर्लाहीबाट उठ्यो ५३ करोड रुपैयाँ राजस्व « Khabarhub

सर्लाहीबाट उठ्यो ५३ करोड रुपैयाँ राजस्व


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७८-७९ मा करिब ५२ करोड ८२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले ६४ करोड २४ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

जिल्ला भन्सार कार्यालयका कार्यालय प्रमुख मुरारीप्रसाद काफ्लेका अनुसार कार्यालयले आर्थिक वर्ष २०७८-७९ को कुल लक्ष्यको ८२ प्रतिशत बराबर प्रगति गरेको हो । कोरोना महामारी, स्थानीय निकायको निर्वाचन आदिका कारण अझै राजस्व सङ्कलनमा अपेक्षा गरेअनुसारको प्रगति हासिल गर्न नपाएको कार्यालय प्रमुख काफ्लेले बताए ।

उनले कोरोना महामारीका कारण सीमानाका बन्द हुनु, स्थानीय निकायको निर्वाचनको प्रभाव पर्नु र छिमेकी देश भारतमा पनि भएको निर्वाचनको प्रभावका कारण अपेक्षाअनुसार राजस्व सङ्कलन गर्न नपाएको बताए ।

जिल्लामा छोटी भन्सार कार्यालय र मुख्य भन्सार कार्यालयसहित आठवटा भन्सार कार्यालय रहेका भए पनि जिल्लाका दुई छोटी भन्सार कार्यालय मात्र सञ्चालन हुनु, कोरोना महामारीका कारण सीमानाका बन्द हुनु, स्थानीय निकाय निर्वाचनको प्रभाव पर्नु र भारतमा भएको निर्वाचनको प्रभावले अपेक्षाअनुरुप राजस्व सङ्कलन हुन नसकेको कार्यालयले जनाएको छ ।

जिल्लाबाट निकासी पैठारी, लिलामी र अस्थायी पैठारीलगायतका कामबाट आव २०७८-७९ मा रु ५२ करोड ८२ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । भन्सार कार्यालयले आव २०७८-७९ को साउनमा रु ३९ करोड ३३ लाख, भदौमा रु ५४ करोड ६१ लाख, असोजमा रु ५१ करोड ६३ लाख, कात्तिकमा रु ४६ करोड ८१ लाख, मङ्सिरमा रु ६३ करोड १९ लाख, पुसमा रु ६२ करोड ४४ लाख, माघमा रु ५४ करोड ५० लाख, फागुनमा रु ३५ करोड ६४ लाख र चैतमा रु २७ करोड ९२ लाख राजस्व सङ्कलन गरेको छ ।

त्यसैगरी वैशाखमा रु ३५ करोड ३१ लाख, जेठमा रु २८ करोड ३७ लाख र असारमा रु २८ करोड ४१ लाख राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख काफ्लेले जानकारी दिए । जिल्ला भन्सार कार्यालयले आव २०७७-७८ मा रु ६० करोड ५९ लाख र आव २०७६-७७ मा रु ३३ करोड ६६ लाख राजस्व संकलन गरेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १० : ४८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले