सर्लाहीबाट उठ्यो ५३ करोड रुपैयाँ राजस्व « Khabarhub

सर्लाहीबाट उठ्यो ५३ करोड रुपैयाँ राजस्व


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७८-७९ मा करिब ५२ करोड ८२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले ६४ करोड २४ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

जिल्ला भन्सार कार्यालयका कार्यालय प्रमुख मुरारीप्रसाद काफ्लेका अनुसार कार्यालयले आर्थिक वर्ष २०७८-७९ को कुल लक्ष्यको ८२ प्रतिशत बराबर प्रगति गरेको हो । कोरोना महामारी, स्थानीय निकायको निर्वाचन आदिका कारण अझै राजस्व सङ्कलनमा अपेक्षा गरेअनुसारको प्रगति हासिल गर्न नपाएको कार्यालय प्रमुख काफ्लेले बताए ।

उनले कोरोना महामारीका कारण सीमानाका बन्द हुनु, स्थानीय निकायको निर्वाचनको प्रभाव पर्नु र छिमेकी देश भारतमा पनि भएको निर्वाचनको प्रभावका कारण अपेक्षाअनुसार राजस्व सङ्कलन गर्न नपाएको बताए ।

जिल्लामा छोटी भन्सार कार्यालय र मुख्य भन्सार कार्यालयसहित आठवटा भन्सार कार्यालय रहेका भए पनि जिल्लाका दुई छोटी भन्सार कार्यालय मात्र सञ्चालन हुनु, कोरोना महामारीका कारण सीमानाका बन्द हुनु, स्थानीय निकाय निर्वाचनको प्रभाव पर्नु र भारतमा भएको निर्वाचनको प्रभावले अपेक्षाअनुरुप राजस्व सङ्कलन हुन नसकेको कार्यालयले जनाएको छ ।

जिल्लाबाट निकासी पैठारी, लिलामी र अस्थायी पैठारीलगायतका कामबाट आव २०७८-७९ मा रु ५२ करोड ८२ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । भन्सार कार्यालयले आव २०७८-७९ को साउनमा रु ३९ करोड ३३ लाख, भदौमा रु ५४ करोड ६१ लाख, असोजमा रु ५१ करोड ६३ लाख, कात्तिकमा रु ४६ करोड ८१ लाख, मङ्सिरमा रु ६३ करोड १९ लाख, पुसमा रु ६२ करोड ४४ लाख, माघमा रु ५४ करोड ५० लाख, फागुनमा रु ३५ करोड ६४ लाख र चैतमा रु २७ करोड ९२ लाख राजस्व सङ्कलन गरेको छ ।

त्यसैगरी वैशाखमा रु ३५ करोड ३१ लाख, जेठमा रु २८ करोड ३७ लाख र असारमा रु २८ करोड ४१ लाख राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख काफ्लेले जानकारी दिए । जिल्ला भन्सार कार्यालयले आव २०७७-७८ मा रु ६० करोड ५९ लाख र आव २०७६-७७ मा रु ३३ करोड ६६ लाख राजस्व संकलन गरेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १० : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै