पचरौतामा करारका स्वास्थ्यकर्मी र कर्मचारीलाई अवकाश, नगर अस्पतालको सेवा बन्द  | Khabarhub Khabarhub

पचरौतामा करारका स्वास्थ्यकर्मी र कर्मचारीलाई अवकाश, नगर अस्पतालको सेवा बन्द 


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – नगरसभा हुन नसेपछि बाराको पचरौता नगरपालिकाले करार सेवामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई अवकाश दिएको छ । अस्पतालका दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले एकैपटक अवकाश पाएपछि नगरपालिकाको एकमात्र नगर अस्पतालको सेवा बन्द भएको छ ।

अस्पतालको सेवा बन्द भएपछि नगरपालिकाका सर्वसाधारण मार्कामा परेका छन् । कायममुकायम प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव एक महिनादेखि सम्पर्कविहीन भएपछि आर्थिक वर्ष ०७९र०८० को नगरसभा हुन सकेको छैन । नगर परिषद् बैठक आयोजना हुन नसक्दा करार सेवामा नियुक्त गरिएका स्वास्थ्यकर्मीको म्याद थप गर्न नसकिएकाले उनीहरूलाई अवकाश दिएको नगर प्रमुख जालन्धर सिंहले बताए ।

नगर प्रमुख सिंहले नगर अस्पतालका सबै स्वास्थ्य सेवा, नगरअन्तर्गतका ‘बर्थिङ सेन्टर’ र नगरपालिकाको वडा नम्बर-१ पिपरपातीमा रहेको प्रयोगशालाको सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएको जानकारी दिए । ती सबैमा करारका कर्मचारीले स्वास्थ्य सेवा दिँदै आएका थिए । ‘२३ जना स्वास्थ्यका करारका कर्मचारीमध्ये २२ जनाले म्याद थप नगरिएकोले छोडिसके,’ नगर प्रमुख सिंहले भने, ‘नगरसभा नै नभएपछि करारका कर्मचारीलाई राखिराख्ने कानुनी आधार छैन, त्यसैले कर्मचारी अभावमा नचाहँदा नचाहँदै पनि स्वास्थ्य सेवा बाध्य भएर बन्द गर्नु पर्ने अवस्था आयो ।’

प्रशासकीय अधिकृत नहुँदा बजेटसँगै करारका अन्य कर्मचारीलाई चालू वर्षमा थप्नु पर्ने करार अवधिको म्याद पनि थप हुन नसकेपछि नगरस्तरीय अस्पतालको सम्पूर्ण स्वास्थ्य सेवा मंगलबारदेखि बन्द गरिएको छ । पचरौता नगरपालिकाका नगरसभा हुन नसकेपछि पालिकाले चालू आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम र बजेट पनि ल्याउन सकेको छैन ।

प्रशासकीय अधिकृत यादव सम्पर्कविहीन भएपछि अर्को अधिकृतका लागि मन्त्रालयमा ५-६ पटक पत्राचार गरे पनि वास्ता नगरेको नगर प्रमुख सिंहले बताए । उनका अनुसार सामान्य प्रशासन मन्त्रालयमा पुगेर पटकपटक आग्रह गर्दा पनि नगरपालिकामा मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउन आनाकानी गर्दै आएको छ । प्रशासकीय अधिकृत नहुँदा कर्मचारीलाई तलब दिन पनि नपाइएको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १२ : ०० बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार

आज २०८२ साल असार ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का