दिवा खाजा कार्यक्रमप्रति विद्यार्थीको आकर्षण बढ्दो | Khabarhub Khabarhub

दिवा खाजा कार्यक्रमप्रति विद्यार्थीको आकर्षण बढ्दो


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बाँके– कुनै बेला विद्यालयमा न्यून विद्यार्थी उपस्थित हुने बाँकेको नरैनापुर गाउँपालिकास्थित विद्यालयका कक्षा कोठा आजभोलि विद्यार्थीले भरिन थालेका छन् । गाउँपालिकाका बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यालयमा उपस्थित हुने विद्यार्थी सङ्ख्या बढेको हो । 

नरैनापुर–६ जमुनीकी हंसकुमारी धोबी आजभोलि हरेक दिन विद्यालय जान्छिन् । विद्यालयमा दिन बिराएर फरक/फरक स्वादको दिवा खाजा खान पाउने भएपछि कक्षा ५ मा अध्ययनरत उनी विद्यालय नियमित आउन र पढ्न मन लाग्न थालेको बताउँछिन् । नरैनापुर–६ जमुनीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय जमुनीमा अध्ययन गर्ने उनी मात्रै नभएर पछिल्लो समय दिवा खाजाकै कारण धेरै विद्यार्थी विद्यालय आउन थालेका छन् ।

संगीता यादव पनि आजकाल नियमित विद्यालय आउँछिन् । उनी मात्र नभएर उनको कक्षाका सबै सहपाठी नियमित विद्यालय आउँछन् । ‘पढ्न पाइने नियमित खाजा पनि फरक/फरक स्वादको पाइने भएपछि नियमित आउन थालेका छौँ’, लजाउँदै उनले भनिन् । विद्यालयमा हरेक दिन फरक/फरक परिकारको पौष्टिक भरिपूर्ण खाजा पाक्ने गरेको छ । हजुवा, मीठो दलिया, खिचडीलगायतका खानेकुरा विद्यार्थीका लागि पाक्ने गरेको हो । 

संघीय सरकारको सशर्त अनुदानमा सञ्चालनमा रहेको बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई आकर्षित गरेको गाउँपालिकाका शिक्षा शाखाप्रमुख तथा शिक्षा अधिकृत कृष्णकुमार थारू बताउँछन् । उनले भने, ‘नरैनापुरमा विद्यालय ड्रप आउट हुने क्रम रहेको र विद्यालय भर्ना न्यून हुनेमा दिवा खाजा कार्यक्रमपछि यो प्रभावकारी रहेको पाइएको छ ।’ 

उनले नरैनापुरमा बाहिर रहेका विद्यालय जाने उमेरका करिब २५ प्रतिशत विद्यार्थी मध्ये दिवा खाजा सञ्चालनपछि २० प्रतिशत भर्ना भई नियमित विद्यालय आउने गरेको दाबी गरे । नरैनापुर–६ जमुनीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय जमुनीका प्रधानाध्यापक अमरलाल यादवले दिवा खाजा कार्यक्रमबाट विद्यार्थी बढेको बताउँछन् ।

उनले भने, ‘विद्यालयमा विद्यार्थी भर्ना हुने र विद्यालय नआउने परम्परा रहेकोमा अहिले दिवाखाजाले कक्षा कोठा भरिएका छन् । प्रायः सबै विद्यार्थी नियमित विद्यालय आउँछन् । विद्यालय बीचमै छोडेका पनि पुनः विद्यालय भर्ना भएर आउन थालेका छन् ।’ कार्यक्रमले भर्ना सङ्ख्या बढेको उनले बताए । उनले भने, ‘कार्यक्रम लागू नहुँदा ३७६ विद्यार्थी भएकामा अहिले बढेर ४४३ पुगेको छ ।’

नरैनापुर–४ मा रहेको मदरसा अरविया गुल्सने वारिस उन्मतुलुममा पनि अचेल विद्यार्थी बढ्दै गएका छन् । कक्षा ३ सम्म सञ्चालित सो मदरसामा ३०७ बालबालिका अध्ययनरत छन् । न्यून विद्यार्थी रहेको मदरसामा सो कार्यक्रमले सकारात्मक प्रभाव पारेको प्रधानाध्यापक अब्दुल रहमान खाँले बताए ।

‘पहिला थोरै विद्यार्थी हुन्थे, अहिले यो कार्यक्रमले कक्षा कोठामा ठाउँ नभएर बाहिर बरन्डामा राखेर पढाउनु परेको छ’, उनले भने, ‘यो कार्यक्रम निरन्तर रहेमा विद्यार्थीको चाप अत्यधिक बढ्ने छ । मदरसाको पूर्वाधार पनि बढाउन आवश्यक देखिन्छ ।’  गाउँपालिकाका सामुदायिक विद्यालय तथा मदरसा गरी ४७ र तीन बालविकास केन्द्रमा दिवा खाजा सञ्चालनमा रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले  जानकारी दिए ।

(राससमा मेनका चौधरीले तयार पारेको दिवा खाजा विशेष सामग्री)

 

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १२ : ४२ बजे

ओलीलाई जवाफ फर्काउँदै बालेनले भने : भ्रष्ट सिस्टमलाई समर्थन गर्दिनँ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी

अचार बेचेरै मासिक ६० हजार कमाइ

कैलाली – यहाँका युवा व्यवसायी करन ऐरले धनगढी उपमहानगरपालिका–९ बङ्राकटानमा

‘साम्बा चोक’ नामाकरणपछि सावित्राले भनिन् : यो भन्दा ठूलो सम्मान के नै हुन्छ र ?

काठमाडौं – मर्स्याङ्दी गाउँपालिकाले आफ्नो नाममा चोकको नामाकरण गरेपछि नेपाली

पर्यटनमन्त्री पाण्डेले गरे हजयात्रीलाई बिदाइ

काठमाडौं — इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का र

न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

अमेरिका – न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल