प्रेमराजाले ल्याए ‘पीपल डाँडे साइली’ (भिडियो)  « Khabarhub

प्रेमराजाले ल्याए ‘पीपल डाँडे साइली’ (भिडियो) 


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक प्रेमराजा महत र गायिका अस्मिता परियारको स्वर रहेको लोक शैलीको नयाँ गीत ‘पीपल डाँडे साइली’ रिलिज भएको छ । गीतको शब्द तथा संगीत पनि प्रेमराजा महतले नै तयार पारेका हुन् । ‘बाँझो खेतमा, हिउँचुलीमा हिउँ, विदेशीको हरियो डलर’ जस्ता चर्चित गीतका गायक महतले यो गीत आफूले ४ दशक अगाडि नै कल्पना गरेको गीत भएता [पनि अहिले यसलाई दर्शक माझ ल्याउने सपना पुरा भएको बताए।

दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमराजा महत, दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको नृत्य छ । गीतमा नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन छ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी छ ।

कार्यक्रममा बोल्दै कलाकार दीपाश्री निरौलाले प्रेमराज महत्तसँग पहिलो पटक सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । गायक तथा कलाकार प्रेमराजा महतले पनि अब आफू गीतसंगीतमा सक्रिय रूपमा लाग्ने बताएका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १ : २४ बजे

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले