ओलीले भने- स्वार्थका लागि बनेको गठबन्धन हो, समयक्रममा आफैँ टुट्छ  « Khabarhub

ओलीले भने- स्वार्थका लागि बनेको गठबन्धन हो, समयक्रममा आफैँ टुट्छ 


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले धेरै हतार गरेर अहिलेको पाँच दलीय गठबन्धन नतोड्ने बताएका छन् । उनले स्वार्थी एकता भएकाले यस्तो गठबन्धन एक दिन आफैँ तोडिने उनले दाबी गरे ।

‘सबैले भन्छन्, यो गठबन्धन तोडौँ । तर मैले भने होइन, यो गठबन्धन आफैँ टुट्छ । किनभने यो स्वार्थका लागि बनेको गठबन्धन हो । यो समयक्रममा आफैँ टुट्छ,’ उनले भने ।

ओलीले कोही वामपन्थी छन् भने एमाले एकताका लागि खुला रहेको पनि बताए । ‘तर, आफ्नै पार्टीका साथीहरू अर्को पार्टीका उम्मेदवारलाई भोट हाल्न दौडिरहेका बेला अर्को पार्टीसँग एकता के गर्नु ?’ उनले भने । ओलीले कांग्रेसको पुच्छर बनेकाहरू कम्युनिस्ट पार्टी नभएको फेरि पनि दोहोर्‍याए । केही समयअघि उनले माओवादी केन्द्र र एकीकृत समाजवादी वामपन्थी नभएको आरोप पनि लगाए ।

उनले स्वार्थका लागि गरिएको गुटबन्दीले आफ्नो स्वार्थ पूरा नभए पार्टी फोडेर जाने बताए । उनले पार्टीमा गुटबन्दी अब सह्य नहुने पनि चेतावनी दिए । गुटबन्दी नगर्न नेता कार्यकर्तालाई निर्देशन पनि दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  २ : १५ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ