हेल्थ डेस्कमा कर्मचारी अभाव « Khabarhub

हेल्थ डेस्कमा कर्मचारी अभाव


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कमा कर्मचारीको अभाव भएको छ । भारतबाट फर्कने यात्रुहरूको बढ्दो चापको तुलनामा थोरै मात्र कर्मचारी कार्यरत रहेका छन् । हेल्थ डेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक भारतबाट चारदेखि पाँच सय यात्रु सीमा नाका प्रवेश गर्ने गरेका छन् । डेस्कमा हाल १० जना कर्मचारी मात्रै कार्यरत रहेको उनले बताए । यसअघि १२ जना कर्मचारी कार्यरत रहेका थिए । ‘चारजना कर्मचारी थप माग गरेका छौँ’, भट्टले भने, ‘अहिलेसम्म कर्मचारीको व्यवस्था गरिएको छैन ।’ थोरै जनशक्ति परिचालन गरी कार्य गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

भारतबाट फर्कने यात्रुहरूको एन्टिजेन परीक्षणको कार्य भइरहेको उनले बताए । एक सातामै १० जना भारतबाट फर्केका यात्रुहरुको एन्टिजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ । ‘हिजो मात्रै सात जनाको नतिजा पोजेटिभ आयो,’ उनले भने , ‘त्यसअघि तीन जनाको नतिजा पोजेटिभ आएको थियो ।’ उनले स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा आग्रह गरेका छन्

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  २ : ३४ बजे

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक