बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ चम्पापुरमा आज बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक किशोरी घाइते भएकी छन् । 

मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–९ बस्ने ३० वर्षीय शुसिल केसी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको हो । 

घाइते भएकी १७ वर्षीया कुस्मा केसीको सोही अस्पतालमै उपचार भइरहेको छ । ना ५ ख ९३५० नम्बरको बसले रा ७ प ३५९४ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ८ बजे ठक्कर दिएको थियो । 

दुवै सवारी साधनसहित बस चालकलाई इलाका प्रहरी कार्यालय गोरुसिङगेले नियन्त्रणमा लिएको छ ।          

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ३ : १९ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त